कालो रङ्गले चम्काउनेछ यी ३ राशिका भाग्य, पर्दैन् ग्रहको अशुभ प्रभाव

काठमाडौँ : रङ्गले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ। ज्योतिष शास्त्रमा सबै १२ राशिका लागि विशेष रङ्ग उल्लेख गरिएको छ। रङ्गहरुका सम्बन्ध ग्रहहरुसँग हुने बताईन्छ। ग्रहहरुसँग सम्बन्धित रङ्गहरुले यसको अशुभ प्रभावलाई हटाउँछ, जसले जीवनमा अनेकन् समस्याहरु निम्त्याउँछ। कालो रङ्गलाई सामान्यतया: अशुभ रङ्ग मानिन्छ। तर केही राशिको लागि यो अत्यन्तै शुभ हुन्छ। कालो रङ्गको शुभताको प्रभावले जीवनमा सकारात्मक प्रभाव पार्छ। कुन-कुन राशिको लागि कालो रङ्ग शुभ हुन्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिको स्वामी ग्रह बुध हो। बुध ग्रहका लागि कालो रङ्ग शुभ मानिन्छ। कन्या राशिका जातकका लागि कालो कपडा लगाउनु शुभ मानिन्छ। साथै, यिनीहरुमाथि नकारात्मक उर्जाको प्रभाव हुँदैन्। यसबाहेक जीवन आर्थिक सङ्कट पनि समाप्त हुनेछन्।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

ज्योतिष शास्त्र अनुसार मिथुन राशिको स्वामी ग्रह बुध हो। बुध ग्रहको मिथुन राशिसँग राम्रो सम्बन्ध हुन्छ। यस राशि का जातकका लागि कालो रङ्गका कपडा लगाउनु निकै शुभ मानिन्छ। मिथुन राशिका व्यक्तिले दैनिक कालो रङ्गका चीजहरु प्रयोग गरे जीवनमा सधैँ सकारात्मक उर्जाको सञ्चार हुन्छ। साथै हरेक काममा सफलता मिल्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

ज्योतिष शास्त्र अनुसार मकर राशिको स्वामी ग्रह सूर्य हो। यस राशिका जातकले कालो वस्त्र धारण गरे सूर्यदेवको साथ-साथै शनिको पनि कृपा प्राप्त हुन्छ। यहीँ कारण मकर राशिका जातकले कालो रङ्गको प्रयोग गर्नुपर्छ। यति मात्र हैन मकर राशिका जातकले कालो रङ्ग प्रयोग गरे जागिरमा उल्लेखनीय सफलतासँगै बढुवा हुनेछ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिदेवलाई मन पर्छ यो १ फूल, चढाउनाले मिल्छ साढेसाती दशाबाट मुक्ति !