यदि बलिउडको दुनियाको याद आउंछ भने सबभन्दा पहिला त्यहाको ग्ल्यामर र महँगो लाइफस्टाइलको आउँछ। लग्जरी गाडी यहाँसम्म कि प्राइभेट जेटमा यात्रा गर्ने यी कलाकारले धेरै मौकामा साधारण ट्रेन र अटोको यात्रा गरिएको पनि देख्न सक्छौ। यधपी यो कुरा सुनेर सबैजना अचम्ममा पर्छन्। यी कलाकारहरुको स्टारडम निकै माथि छ त्यही पनि उनीहरुलाई थुप्रैपटक ट्रेन र बसमा यात्रा गरेको देख्न सक्छौ। थाहा पाउनुहोस अमिताभ बच्चनदेखि दीपिका पादुकोणसम्म कुन-कुन कलाकारले सार्वजनिक यातायातमा यात्रा गरे।
रणवीर र दीपिका पादुकोण
आफ्नो फिल्म तमाशाको प्रमोशनको लागि रणबीर कपूर र दीपिका पादुकोणले ट्रेनमा यात्रा गरेका थिए तर त्यहाँ इम्तियाज अली पनि थिए ।
अमिताभ बच्चन
बिग-बी बलिउडको तारा हुन्। उनले सार्वजनिक यातायातको थुप्रैपटक यात्रा गारेका छन्। उनले सौरभ निंबकर नामको व्यक्तिलाई सहयोग गर्ने दृष्टिकोणले ट्रेनमा यात्रा गरेका थिए। त्यस समय उनको छुट्टै अवतार थियो।
अक्षय कुमार
बलिउडमा अक्षय कुमार ति अभिनेता हुन् जसको अभिनयको निकै सराहना हुन्छ। साथै उनलाई एक्शन सिंस र फिटनेसको लागी निकै चर्चित छन्। अक्षय कुमार थुप्रै मौकामा सहयोग पनि गर्छन्। एकपटक अक्षय कुमारले समय बचाउन मेट्रोमा यात्रा गरेका थिए। साथै उनलाई एकपटक ट्रेनमा पनि देखिएको थियो।
रणवीर सिंह
रणवीर यस्तो अभिनेता हुन् जो सार्वजनिक स्थलमा साधारण मान्छे जस्तो व्यवहार गर्छन्। एक स्टार भएर पनि रणवीरलाई थुप्रैपटक अटोमा यात्रा गरेको देख्न पाएका छौ।
सलमान खान
बलिउडमा यदि स्टारडको कुरा गर्ने हो भने सलमान खान ति स्टारमा एक हुन्म जो दर्शकको मनमा राज गर्न सफल छन्। थुप्रैपटक सलमानले घर फर्किने बेला अटोमा छाडेर यात्रा गरेका छन्। एकपटक उनलाई फ्यामिली र एक्टर निखिल द्विवेदीसंग अटोमा यात्रा गरेको देखिएको थियो।