‘धडक’ स्टार जाह्नवी कपूरले हालै सामाजिक सञ्जालमा फ्लो-रल प्रिन्ट साडीमा तस्बिर सेयर गरेकी छिन् । जाह्नवी कपुर आफ्नो पछिल्लो फोटो सुटमा निकै ग्ल्यामरस देखिएकी छिन् । जाह्नवी कपूरले इन्स्टाग्राममा सेतो डिप नेक साथ फ्लोरल प्रिन्ट अर्गान्जा साडीमा किलर लुक दिँदै फोटोहरू अपलोड गरेकी छिन्।
अभिनेत्री उनको आगामी फिल्म ‘रही’ को प्रचारमा छिन् । अभिनेत्रीको यस साडीमा देखिएको लुकलाई धेरै नै रुचाएका छन् । यस प्रकारको फ्लोरल प्रिन्ट साडीले विवाहको सिजनमा धेरै सुन्दर लुक दिन सक्छ। एकै समयमा अभिनेत्रीलाई यस साडीमा निकै सुन्दर देखिएको छ ।
अहिले अभिनेत्रीको तस्बिरमा फ्यानहरुको लगातार लाइक तथा कमेन्ट आइरहेको छ । फ्यानहरु अभिनेत्रीको यस लुकलाई कमेन्टमा निकै तारिफ गरिरहेका छन् । यति बेला अभिनेत्रीको तस्बिरमा ९ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।
जाह्नवी कपूरको वर्क-फ्रन्टको बारेमा कुरा गर्दा, अभिनेत्री फिल्म निर्माता करण जौहरको फिल्म दोस्ताना २ मा मुख्य भूमिकामा देखिनेछिन्। हालै जाह्नवीले फिल्म ‘मिली’ को सुटिङ पूरा गरेकी छिन् । यससँगै जाह्नवी कपुरले राजकुमार रावसँग ‘मिस्टर एन्ड मिसेस माही’ देखिने छिन् ।