करियर–व्यवसायमा छोटो समयमा प्रगति गर्न चाहनुहुन्छ ? आजै अपनाउनुहोस् यी विशेष उपाय !

आफ्नो करियार तथा व्यवसायमा सफलता प्राप्त होस् भन्ने सबैको चाहना हुन्छ । यसको लागि मानिसहरु अनेक किसिमका उपाय अपनाउने गर्दछन्। तर कहिलेकाहीँ केहि उपायहरूले धेरै राम्रो परिणाम दिँदैन। मानिसको लागनी तथा मेहनत खेर जाने गर्दछ । साथै लहिले काही ठुलो मात्रामा धन खर्च हुन् पुग्छ ।

यस्ता समस्यालाई हटाउन आइतबारको दिन विशेष मानिन्छ । आइतबार सूर्यको पूजा–आराधना गरी केही यस्ता उपाय गर्नाले करिअर–व्यवसायमा उन्नति हुने जनविश्वास रहेको छ । यसका साथै पैसासँग सम्बन्धित समस्या पनि समाधान हुन्छ । जान्नुहोस् आइतवारको दिन कस्तो किसिमको उपाय गर्नाले फाइदा हुन्छ ।

आइतबारको दिन बिहा नै उठेर नुहाउने र उदाउँदो सुर्यलाई चढाउँदा धनसम्बन्धि समस्या समाधान हुने मान्यता रहेको छ । यसका साथै आदित्य हृदय स्तोत्रको पाठ र सूर्यको मन्त्रको जप गर्नु पनि यो दिन लाभदायक हुन्छ। साथै कुनै महत्त्वपूर्ण कामको लागि घरबाट बाहिर निस्कँदा निधारमा चन्दनको तिलक लगाउनुहोस्।

सयको साथै रातो रङ्गको वस्तु कुनै पनि आवश्यक परेको मानिसलाई दान गर्नुहोस् । यसति गर्दा आर्थिक समस्या समाधान हुने मान्यता राहेको छ । आइतबारको दिन ‘ओम नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्दै तुलसीको परिक्रमा गर्नुहोस्। त्यसपछि तुलसीलाई पानी दिनुहोस्। यसो गर्नाले धनकी देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ । जसको कारण आर्थिक समस्या समाधान हुने मान्यता रहेको छ ।

आइतबार कुनै पनि व्यवसाहिक कामले घरबाट बाहिर जादै हुनुहुन्छ भने गाईलाई चारा खुवाएर मात्र बाहिर जानुहोला । यस्तो गर्नाले व्यापार व्यवसायमा आएको समस्या समाधान हुनेछ ।

यसका साथै तामाको भाँडोमा पानी र कुमकुम मिसाएर आइतबार बरको रुखामा अर्पण गर्नुहोस् । यस्तो गर्नाले तपाईको जीवनमा आएको आर्थिक समस्या समाधान हुनेछ ।

आइतबार कुनै तलाउ तथा खोलामा गएर माछालाई पिठोको गोलि बनाएर खुवाउनुहोस् । यस्तो गर्नु शुभ मानिन्छ । उपाय गर्नाले देवी लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास छ । साथै, परिवारमा धन र खुसीको कमि हुने छैन ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशिका केटीमा सबैभन्दा छिटो आकर्षित हुन्छन् केटाहरु, यस्तो छ कारण!