समुद्र शास्त्रमा शरीरको अंगको संरचनाका आधारमा व्यक्तिको स्वभाव, गुण र अवगुण बताइन्छ । हत्केलाको रेखा हेरेर मानिसको भविष्य पत्ता लगाउने तरिका जसरी नै खुट्टा, हात, औंलाको संरचनाबाट कसैको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। समुद्र शास्त्र अनुसार कुन गुण भएका महिलालाई भाग्यमानी मानिन्छ भन्ने कुरा यसरी बयान गरिएको छ ।
गोरो रंग, चिल्लो निधार, दाँत र मुख मिलेको साथै साफा हुने महिलालाई भाग्यमानी मानिन्छ । यस्ता महिलाले आफ्नो कुलको नाम रोशन गर्छन् । यति मात्र होइन, यस्ता महिलाले घर तथा माइतीबाट पनि धेरै माया र सम्मान पाउँछन् ।
जसको आँखाको माथिल्लो भाग हल्का रातो हुन्छ, आँखाको परेला कालो हुन्छ वा आँखाको सेतो भाग गाईको दूध जस्तै र आँखी भौं कालो रंगको हुन्छ भने त्यस्ता महिला भाग्यशाली हुन्छन् । यसका अलावा जसको चाल मादक हात्तीको जस्तै हुन्छ, कम्मर बाधिनको जस्तै पातलो हुन्छ भने त्यस्ता महिलालाई जीवनमा सबै सुख प्राप्त हुन्छ ।
जसको हत्केलाको रेखा गुलाबी रंगको, चिल्लो, गहिरो र स्पष्टसँग देखिने हुन्छ। यस्ता महिलालाई धेरै नै भाग्यमानी मानिन्छ । साथै उनीहरूले सबै प्रकारका सुविधाहरू पाउन सफल हुन्छन् । यस बाहेक जसका औँलाहरु सुन्दर, लामो र गोलाकार हुन्छन्, तिनीहरू पनि आफ्नो जीवनसाथीको लागि भाग्यशाली साबित हुन्छन् ।
जसको अनुहार चन्द्रमा जस्तै गोलो छ। ठुलो आँखा र हल्का रातो ओठ छ, त्यो नारीले हरेक पल आफ्नो पतिलाई साथ दिनेछिन् ।