हनुमानको कृपाले हट्नेछ सम्पूर्ण दुख, कष्ट, मंगलबारको दिन गर्नुहोस् यस्ता सरल उपाय !

मंगलबार भगवान हनुमनको पूजाको लागि निकै विशेष मानिएको छ । यस दिन हनुमानका भक्तहरु उनको आशीर्वाद प्राप्त गर्न व्रत पनि राख्छन्। हनुमान जीको पूजा गर्नाले रोग, भय र भूत प्रेतको समस्याबाट छुट्कारा पाउने मान्यता रहेको छ । यसका साथै हनुमानको पूजा गर्नाले मंगल दोष पनि हट्ने मान्यता रहेको छ । मंगलबारको दिन यस्ता उपायले सबै समस्याबाट छुटकारा पाउन सकिन्छ जान्नुहोस्….

-प्रत्येक मंगलबार हनुमानको मन्दिरमा जानुहोस्, पूजाको समयमा सखर र चना चढाउनु होस् । काम २१ मंगलबार लगातार गर्नुहोस् । त्यसपछि हनुमान जीलाई चोल चढाउनुहोस्। यसो गर्नाले सुख शान्ति बढ्ने मान्यता रहेको छ ।

– मंगलबार हनुमान मन्दिरमा गएर ११ पटक सुन्दरकाण्ड वा हनुमान चालिसाको पाठ गर्नुहोस्। यसो गर्दा शनि ग्रहको अशुभ प्रभावबाट मुक्ति मिल्छ साथै अनेक फाइदा हुनेछ ।

– यदि तपाईलाई पनि भूतको डर छ वा तपाईको मनमा कुनै किसिमको डर छ भने मंगलबारको दिन ‘ॐ हं हनुमन्ते नमः’ मन्त्रले १०८ पटक जप गर्नुहोस्।

– हनुमानको कृपाको लागि सधैँ आफ्नो साथमा रातो रुमाल राख्नुहोस् ।

– मंगलबार साँझ हनुमान मन्दिरको दर्शन गर्नुहोस्। यसपछि तोरीको तेल वा गाईको शुद्ध घ्यूको दियो बाल्नुहोस्। त्यसपछि तीन पटक हनुमान चालिसाको पाठ गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो वर्ष २०२२ मा यी राशिमा रहनेछ शनिको विशेष कृपा, वर्षौपछि मिल्नेछ साढे सातको दशाबाट मुक्ति