३ दिनपछि लाग्दै छ सूर्य ग्रहण, जान्नुहोस् यससँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू !

वर्षको अन्तिम सूर्य ग्रहण आउन अब ३ दिन मात्रै बाँकी छ । यसपछि अर्को ग्रहणको लागि सन् २०२२ पर्खिनुपर्नेछ । सन् २०२१ मा २ सूर्य ग्रहण र २ चन्द्र ग्रहण रहेका छन् । जसमध्ये ३ वटा ग्रहण लागि सकेका छन् । डिसेम्बर ४ मा हुने सूर्य ग्रहण आंशिक सूर्यग्रहण हो । यो ग्रहण नेपालमा देखिने छैन । तसर्थ, यसको सुतक अवधि मान्य हुने छैन । तर देश बाहिर भएका मानिसमा यस ग्रहणको प्रभव पर्ने भएको छ ।

डिसेम्बर ४, २०२१, शनिबार हुन गइरहेको सूर्य ग्रहण बिहान ११:१४ मा सुरु हुनेछ र दिउँसो ०३:२२ मा समाप्त हुनेछ। सूर्य ग्रहण ४ घण्टा ८ मिनेट लामो हुनेछ तर यसको परमग्रास समय करिब २ मिनेट मात्र हुनेछ । यो ग्रहण अन्टार्कटिका, दक्षिण महासागर र अफ्रिकी महादेशका धेरै देशहरूमा देखिनेछ। यसका अलावा अष्ट्रेलिया र अमेरिकामा पनि देखिनेछ ।

यो ग्रहण वृश्चिक राशिमा लाग्दै छ । त्यसैले यस राशिका व्यक्तिहरूले यस समयमा धेरै होसियार हुनुपर्छ। यसबाहेक मेष, कर्कट, तुला र धनु राशिका लागि पनि यो ग्रहण अशुभ साबित हुन सक्छ। यी राशिका मानिसलाई तनाव, धन हानि, इज्जत हानि वा बिरामी र चोटपटक सामना गर्नुपर्ने हुन सक्छ। यो समयमा सावधान रहनु राम्रो हुनेछ।

सनातन धर्ममा ग्रहणसम्बन्धी केही महत्त्वपूर्ण नियमहरू दिइएको छ। उनीहरुका अनुसार ग्रहणको समयमा कुनै पनि खानेकुरा पिउनु हुँदैन । तुलसीको पातलाई पकाएको खाना र पानीमा हालेर ग्रहणको समयमा नकारात्मकताबाट जोगाउन सकिन्छ । विशेष गरी गर्भवती महिलाहरूले ग्रहणको समयमा धेरै होसियार हुनुपर्छ। ग्रहणको समयमा बाहिर निस्कनु हुँदैन । यस अवधिमा मन्दिर र पूजा घरको ढोका बन्द राख्नुपर्छ । ग्रहणको अशुभ प्रभावबाट बच्न ग्रहण लागेपछि स्नान र दान गर्नुपर्छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८११:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हनुमानको कृपाले हट्नेछ सम्पूर्ण दुख, कष्ट, मंगलबारको दिन गर्नुहोस् यस्ता सरल उपाय !