यी ५ राशिको लागि निकै अद्भुत रहेको छ नयाँ वर्ष, पाउने छन् प्रेम जोडी: हुनसक्छ विवाह

काठमाडौँ : यी राशिका अविवाहितहरूले यो वर्ष प्रेम साथी पाउन सक्छन्। साथै यो वर्ष दाम्पत्य जीवनमा प्रेम प्रगाढ हुनेछ ।

जिन्दगिमा साचो प्रेम पाउनु धरै महत्त्वपूर्ण हुन्छ । जसलाई राम्रो पार्टनर मिल्छ, उनीहरुको जीवन सुखमय रहन्छ । त्यसतै केही मानिसहरु असल र आफूले सोचेजस्तो साथी पाउनको लागि वर्षौंसम्म कुरेर बस्छन् । सन २०२२ यस्ता केही राशि छन्, जसको लामो समय देखिएको पर्खाइ यस समयमा अन्त्य हुनेछ । ज्योतिष शास्त्रका अनुसार नयाँ वर्ष ५ राशिका व्यक्तिका लागि प्रेम जीवन उत्कृष्ट रहनेछ । यी राशिका व्यक्तिहरूलाई सन २०२२ मा प्रेमी पनि मिल्नेछ र उनीहरूले विवाह पनि गर्न सक्छन्।

मेष राशि

हालसम्म अविवाहित बसेका मेष राशिका मानिसको लागि यस सन २०२२ निकै शुभ हुनेछ । यस सन २०२२ मा मेष राशिका मानिसको जीवनमा प्रेमी, प्रेमिकाको आगमन हुनेछ । योसँगै प्रेम सम्बन्धमा बाँधिएका व्यक्तिहरुको यो वर्ष विवाह हुनसक्छ । विवाहित जोडीका लागि पनि यो वर्ष राम्रो रहनेछ । उनीहरूको सम्बन्ध पहिले भन्दा बलियो हुनेछ, साथै पुराना समस्याहरू समाप्त हुनेछन्।

वृष राशि

वृष राशिका मानसिको प्रेम सम्बन्ध यस सन २०२२ अत्यन्तै शुभ हुनेछ । प्रेममा नपरेकाले प्रेमी, प्रेमिका पाउने छन् । विवाहित जोडीको सम्बन्ध सुमधुर हुनेछ । अविवाहितको जिवनमा अप्रत्याशित तरिकामा उनीहरूको जीवनमा प्रेमी प्रेमिकाको प्रवेश हुनेछ । साथै अचानक विवाह हुने सम्भावना हुनेछ ।

धनु राशि

सन २०२२ धनु राशिका व्यक्तिहरुको प्रेम जीवनका लागि निकै राम्रो रहनेछ । प्रेमले भरिएको झगडा जारी रहनेछ र प्रेम फस्टाउनेछ। वैवाहिक जीवनमा बाधा पर्ने जोडीहरुको समस्त अब कम भएर जानेछन् । दाम्पत्य जीवनका लागि पनि यो वर्ष राम्रो रहनेछ । स्मरणीय यात्रामा जान सकिनेछ ।

मकर राशि

मकर राशि भएका मानिसको जीवनमा यस वर्ष जीवन प्रेमी,प्रेमिकाको आगमन हुनेछ । त्यस्तै विवाहको पर्खाइमा बसेकाहरुको घरमा सहनाई बज्न सक्छ । प्रेम साझेदारहरूका लागि मे २०२२ देखि जुलाई २०२२ सम्म विवाह गर्नु धेरै शुभ साबित हुनेछ। यो राशिका व्यक्तिहरूले वर्षभर आफ्नो पार्टनरको ख्याल राख्नेछन्। यस समयमा तपाईको प्रेम जीवनमा समस्या सिर्जना गर्ने पनि तपाईबाट टाढा हुनेछन् ।

कुम्भ राशि

प्रेममा रहेका व्यक्तिहरूको सम्बन्ध यो वर्ष निकै बलियो हुनेछ र उनीहरूले विवाह गर्ने योजना बनाउनेछन्। साथै, विवाहितहरूका लागि सन् २०२२ सम्बन्ध मजबुत हुनेछ । यद्यपि एकलहरूले आफ्नो प्रेम साथीको लागि वर्षको दोस्रो आधासम्म कुर्नुपर्ने हुन सक्छ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि देवले राशि परिवर्तन गर्दै, जान्नुहोस् तपाईको जीवनमा कस्तो असर पर्छ ?