३९ वर्षको उमेरमा जवान देखिन्छिन् मोनालिसा, शेयर गरिन् मस्त जवान देखिने तस्बिरहरु

एजेन्सी : भोजपुरी फिल्मबाहेक मोनालिसाले बंगाली, उडिया, कन्नड़ र तेलुगू फिल्महरुमा पनि काम गरिसकिन्। उनले बलिउडका तमाम फिल्महरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरिसकिन्। धेरै कमलाई थाहा होला कि अभिनेत्री मोनालिसा अमिताभ, अभिषेक र ऐश्वर्या रायको फिल्म ‘बन्टी और बबली(Bunty Aur Babli)’ मा डान्सरको रुप देखा परिसकिन्।

मोनालिसाले देश-विदेशभर सबैभन्दा बढी लोकप्रियता तब पाईन् जब उनी सलमान खानले होस्ट गर्ने शो ‘बिग बोस-१०’ मा देखा परिन्। यस शोमा उनी मन्नु पञ्जाबी र मनवीर गुर्जरसँग दोस्तीलाई लिएर खुब चर्चित भएकी थिईन्।

बिग बोसको घरमै मोनालिसाले आफ्नो समयदेखिको ब्वायफ्रेन्ड विक्रान्त सिंह राजपूतसँग सात फेरा लिएका थिए। यस शोमा मोनालिसा र विक्रान्त बाहेक अरु प्रतियोगीहरुको पनि विवाह भएको थियो तर उनीहरु विवाह लामो समय टिकेन्। यद्यपि मोनालिसा र विक्रान्त आफ्नो वैवाहिक जीवनको भरपूर आनन्द लिईरहेका छन्। हालै मोनालिसा र विक्रान्त गोवा भ्याकेसनबाट फर्किएका छन्।

मोनालिसा र विक्रान्त भोजपुरी सिनेमाको सबैभन्दा सुन्दर दम्पत्तिमध्ये एक हुन्। मोना विक्रान्त जस्तो पति पाएकोमा आफूलाई भाग्यमानी मान्छिन् र यो कुरा उनी आफैँले एक अन्तर्वार्तामा बताएकी थिईन्।

मोनाको नाम एक उमेरले निकै बुढा व्यक्तिसँग पनि जोडिएको थियो। विक्रान्त अघि मोनालिसा कुनै बुढा व्यक्तिलाई डेट गर्थिन्। यद्यपि उनले यो खबरको खण्डन गरिसकिन्।

प्रकाशित : आइतबार, मङि्सर ०५, २०७८१६:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हतारमा आलियाले ब्लाउज उल्टो लगाइन्, बनिन् बिचरीको पात्र