‘केजीएफ २’ भन्दा ६ पहिले रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ भिड्ला की भाग्ला?

कोरोना महामारीको कारण बन्द रहेको चलचित्र क्षेत्रमा बलिउड फिल्मले ‘सूर्यवंशी, ले दर्शक ताने सँगै नेपाली फिल्मले पनि रिलिज मिति तोक्न थालेका छन् । यति बेला दक्षिण भारतका सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ सन २०२२ अप्रिल १४ अर्थात् बैशाख १ गतेबाट नेपाल भारत लगायतका अन्य देशमा प्रदर्शनमा आउने भएको छ ।


नेपालमा बलिउड तथा भारतको दक्षिण क्षेत्रको फिल्मको निकै लोकप्रियता रहेको छ । साथै पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा भारतीय फिल्म प्राय: ट्रेन्डिंगमा आउने गरेको छ । अहिले नेपाली फिल्मले हालमा दर्शक तान्न नसक्दा बलिउड फिल्म ‘सुर्यवंशी’ हालमा दर्शक तानेको छ । अहिलेको अवस्था हेर्न हो भने भन्न सकिन्छ नेपालमा भारतीय फिल्मको मोह कतिछ भनेर।

त्यसतै नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ यही वर्षको चैत महिनाको २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस फिल्ममा अहिलेको युवा पुस्ताको रोजाईमा पर्न सफल अभिनेता अनमोल केसी र सुहान थापाको अभिनय रहेको छ ।

 

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री गरिमा पन्त छोरीलाई जन्म दिएको ३ महिना पछि देखिइन् यस्तो अवतारमा, तस्बिर भाइरल हुँदै!