लामो समय देखि नेपाली गयान क्षेत्रको चर्चित गायिका अञ्जु पन्त केही सामय पहिले दोस्रो विवाहको कारण चर्चामा आएकी थिइन् । गायिका पन्तले त्यस समयमा उनको श्रीमानको साथमा समुन्द्री किनारामा खिचिएका केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उक्त तस्बिरको कारण अञ्जु निकै नै चर्चामा आएकी थिइन्। अहिले उनको छोरी परितोषिकाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर निकै भाइरल भइरहेको छ ।
अहिले अञ्जु पन्तको छोरी सामाजिक सञ्जालमा पनि निकै भैसकेकी छिन्। अञ्जु पन्तको छोरी परितोषिका पन्त सामाजिक सञ्जालमा सक्रिय हुनुको साथै उनि अहिले नेपाली सिनेमा क्षेत्रमा आउने तयारीमा छिन् । अञ्जु पन्तको पहिलो विवाहबाट यिनी एक मात्र सन्तान हुन् । अञ्जु पन्तको छोरी उनको विवाह हुनु पहिले आमासँगै बस्दै आएको थिइन् ।
पछिल्लो केहि अन्तर्वार्तामा अञ्जु पन्तको छोरी परितोसिकाले उनलाई फिल्म क्षेत्रमा आउन चाहेको बताएको थिइन् । र अञ्जु पन्तको छोरीले अभिनय क्षेत्रमा भने डेब्यु गरिसकेकी छिन् । परितोसिकाले आमा अञ्जु पन्तको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । साथै केही फेशन शोमा पनि भाग लिएकी छिन् ।