बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र उनको परिवारका फ्यानहरूका लागि अहिले दुखद खबर आएको छ । केही समय पहिले सुशान्तको निधनको कारण दु:खि बनेका फ्यानक लागि अहिले भारतीय सञ्चार मध्यको अनुसार सडक दुर्घटनामा अभिनेताको परिवारका पाँच जनाको मृत्यु भएको छ । यो खबरपछि सुशान्तका फ्यानहरु स्तब्ध भएका छन् ।
मिडिया रिपोर्टका अनुसार, दुर्घटनामा परेका मध्ये एक सुशान्तका जेठाजु लालजीत सिंह थिए, जो हरियाणामा एडीजीपीको रूपमा तैनात थिए। दुर्घटनामा उनका दुई छोरा, दुई छोरी र भाउजुको पनि घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटना सुशान्तक आफन्त चढेको गाडी एक ट्रक सँग ठिकिएको थियो । सुशान्तका परिवारका सदस्यहरू पटनाबाट फर्किरहेका थिए जहाँ उनीहरू हरियाणाका वरिष्ठ प्रहरी अधिकारी ओपी सिंहकी बहिनी गीतादेवीको अन्तिम संस्कारमा सहभागी हुन गएका थिए ।
दुर्घटनामा मृत्यु हुनेमा लालजीत सिंह, भगिना नेमानी सिंह उर्फ अमित शंकर, रामचन्द्र सिंह, भागिनादेवी देवकी, डेजी कुमारी र चालक चेतन कुमार रहेका छन् । त्यस्तै, वाल्मीकि सिंह र प्रसाद कुमारको अवस्था चिन्ताजनक रहेको उनीहरुलाई सिकन्दरामा प्राथमिक उपचारपछि विशेष उपचारका लागि पटना पठाइएको भारतीय सञ्चार मध्यमले जनाएको छ ।