दुई चुल्ठी बाटेर बिकिनीमा देखिएकी यी अभिनेत्रीले पानीमा लगाइन् आगो, तस्बिर भाइरल हुँदै!

भोजपुरी इन्डस्ट्रीकी चर्चित अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनका हरेक तस्बिर तथा भिडियोले सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । मोनालिसाका यी तस्बिरहरू थ्रो-ब्याक तस्बिर हुन्। अभिनेत्रीको केही समय पहिलेको यी तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

अभिनेत्री मोनालिसाका यी तस्बिरमा ७० हजारभन्दा बढी लाइक आएका छन् भने हजारभन्दा बढीले कमेन्ट गरेका छन् । मोनालिसा हालै गोवामा आयोजित अभिनेत्री पूजा बनर्जी र कुणाल वर्माको विवाहमा सहभागी भएकी थिइन् । त्यहाँबाट उनका धेरै तस्विर बाहिर आएका थिए, जसमा उनका श्रीमान् विक्रम पनि देखिएका थिए ।

हालै नायिकाले एक डान्स भिडियो शेयर गरेकी छिन्, जसमा उनी निकै हट देखिएकी छिन् । उनले अभिनेत्री प्रियंका चोपडाको गीत ‘तिनका तिनकामा’ डान्स गरेकी छिन् । भिडियोमा अभिनेत्री साडी लगाएर देखिएकी छिन् । मोनालिसाको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री डिजाइनर साडीमा देखिएकी छिन् । उनले गाढा लिपस्टिक र भारी मेक-अप लगाएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by MONALISA (@aslimonalisa)


भोजपुरी फिल्मका अलावा मोनालिसाले केही बलिउड फिल्महरूमा पनि काम गरिसकेकी छिन्, जस्तै- सरकार राज, मनी है तो हनी हे, गंगा पुत्र र कफिला । मोनालिसा अहिले चर्चित टिभी कार्यक्रममा नकारात्मक भूमिका निर्वाह गरिरहेकी छिन्, जसलाई दर्शकले निकै माया पाइरहेका छन् ।

 

 

 

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसरी करौडौं सम्पत्तिकी मालिक्नी भईन् कट्रिना ?