विवाहको तेस्रो वार्षिकोत्सव मनाउँदै यस्तो अवस्थामा देखिए दीपिका रणवीर, तस्बिर तीव्र रुपमा भाइरल हुँदै!

बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह व्यस्त कार्यक्रमबाट समय निकालेर अहिले छुट्टीको मजा लिइरहेका छन् । यी दम्पती अहिले आफ्नो तेस्रो विवाहको वार्षिकोत्सव मनाइरहेका छन् । दम्पतीले इन्सटाग्राममा छुट्टीमा घुमेका र रमाइलो गर्दै गरेका केही तस्बिर सार्वजनिक गरेका छन्।


रणवीर र दीपिका कोलाहलबाट टाढा उत्तराखण्डको हिउँले भरिएको मैदानमा एक-अर्कासँग समय बिताइरहेका छन्। उनीहरु उत्तराखण्डको अल्मोडामा पुगेर रमाइरहेका छन् । त्यहाँ पुगेर दुवैले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेका छन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेत्रीले उत्तराखण्डको केही मनोरम दृश्यहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । साथै सूर्यास्त होस् वा सूर्योदय, रणवीरले आफ्नो फोटोग्राफी कौशल देखाउँदै सुन्दर रमणीय तस्बिरहरू क्लिक गरेका छन्।

तस्बिरमा रणवीर सिंह र दीपिका पादुकोण रोमा-न्टिक देखिएका छन् । प्रकृतिको काखमा आफ्नो तेस्रो विवाहको वार्षिकोत्सव मनाउने यो जोडी एक-अर्काको साथमा रमाइलो गरेको देख्न सकिन्छ । रणवीर दीपिकाले एक-अर्काको यी तस्बिरहरु क्लिक गरेका छन् ।


तस्बिरमा देख्न सकिन्छ यो जोडीले त्यहाँको मौसमसँग निकै रमाइलो गरेका छन् । साथै रणवीरले हिउँले ढाकेको पहाडको तस्बिर कैद गरेका छन् । यति बेला फ्यानहरु रणवीर दीपिकाको तस्बिरमा हा-र्ट इमोजी पोस्ट गर्दै छन्।

 

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१४:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मध्यरातमा भि*_त्री व:_*स्त्र मात्र लगाएर कता निस्किइन् माल्भिका ?