बहुप्रतीक्षित् फिल्म ‘केजीएफ २’ ले तय गर्यो रिलिज मिति, नेपालमा पनि एक साथ लाग्ने !

अब चाडैनै दक्षिण भारतको बहुप्रतिक्षित् फिल्म ‘केजीएफ’ नेपाली हलहरुमा लाग्ने भएको छ ।

कोरोना महामारीको कारण बन्द रहेको चलचित्र क्षेत्र चलायमान हुन थालेको छ । यति बेला दक्षिण भारतका सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ सन २०२२ अप्रिल १४ अर्थात् बैशाख १ गतेबाट संसारभर प्रदर्शनमा आउने भएको छ । यस फिल्म नेपाका हलहरुमा पनि एकै साथमा लाग्ने भएको छ । त्यसतै नेपाली चलचित्र क्षेत्रमा पनि अभिनेता अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ४’  पनि ‘केजीएफ २’ भन्दा ६ दिन पहिले लाग्ने भएको छ ।

यी दुई फिल्मको कुरा गर्ने हो भने ए मेरो हजुर ४’ नयाँ कथा वस्तुमा बन्न लागेको छ भने ‘केजीएफ २’ पहिलो च्या-प्टरको कथा अधुरै छ र दर्शकलाई जिज्ञास छ की फिल्ममा अब के हुन्छ ?

नेपाल बलिउड तथा भारतको दक्षिण क्षेत्रको फिल्मको निकै लोकप्रियता रहेको छ । अहिले नेपाली फिल्मले हालमा दर्शक तान्न नसक्दा बलिउड फिल्म ‘सुर्यवंशी’ हालमा दर्शक तानेको छ । अहिलेको अवस्था हेर्न हो भने भन्न सकिन्छ नेपालमा भारतीय फिल्मको मोह कतिछ भनेर।

त्यसतै नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ यही वर्षको चैत महिनाको २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस फिल्ममा अहिलेको युवा पुस्ताको रोजाईमा पर्न सफल अभिनेता अनमोल केसी र सुहान थापाको अभिनय रहेको छ ।

अहिले हिन्दी फिल्मले हलमा तानेको दर्शकलाई नेपाली फिल्म र हिन्दी फिल्म एक सयमा प्रदर्शन गर्दा के होला यसको परिणाम त्यो भने हेर्न बाकी नै छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मैले तिमीलाई जीवन दिएँ भन्दै अभिनेत्री प्रियंकाले छोरीको साथ सार्वजनिक गरिन् सुन्दर तस्बिरहरु !