बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा सोमबार नोभेम्बर १५ मा विवाह बन्धनमा बाँधिएका छन् । विवाह समारोह चण्डीगढमा आयोजना गरिएको थियो। समारोहमा दुबैका परिवारका सदस्य र केही नजिकका साथीहरुको उपस्थिति रहेको थियो । यति बेला राजकुमार र पत्रलेखाको विवाहको पहिलो तस्विर पनि सार्वजनिक भएको छ ।
यी तस्विरमा दुबै जना निकै खुसी देखिएका छन् । एकातिर राजकुमार बेहुलाको पहिरनमा निकै सुन्दर देखिएका छन् भने दुलहीको रुपमा पत्रलेखाबाट आँखा हटाउन मुस्किल भइरहेको छ । यी तस्विरहरु राजकुमार आफैले इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
यससँगै उनले क्याप्सनमा लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र रमाइलोपछि मैले त्यहीसँग विवाह गरें जो मेरो सबथोक हुन् । मेरो आत्मीय साथी, मेरो सबैभन्दा मिल्ने साथी, मेरो परिवार।’
अभिनेताले थप लेखेका छन् ‘ आज मलाई यो भन्दा खुसि कुरा अरु कुनै हुन् सक्दैन, तिम्रो पतिको मानले परिचित हुन् सकु । त्यसतै पत्रलेखाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् ‘‘मैले आज उनीसँग बिहे गरें, जो मेरो सबथोक हुन् ।’
साथै थप भनेकी छिन् ‘मेरो प्रेमी, मेरो अपराध साझेदार, मेरो परिवार, मेरो आत्मा साथी।’ यति बेला यी दुईले सामाजिक सञ्जालमा सार्वजनिक गरेको त्सबिरा निकै भाइरल भइरहेको छ ।