एजेन्सी : बहुप्रसिद्ध बलिउड अभिनेता सैफ अली खान(Saif Ali Khan) को पर्सनल लाइफ सधैँ चर्चाको विषय बन्छ। बलिउडमा डेब्यु गर्नुअघि नै सैफ त्यतिबेलाको टप बलिउड एक्ट्रेसमध्येकी एक अमृता सिंह (Amrita Singh)को प्रेममा चुर्लुम्मै डुबेका थिए। त्यसपछि १२ वर्ष उमेरको अन्तराल भएपनि दुवैजना वैवाहिक बन्धनमा बाँधिए। सारा अली खान (Sara Ali Khan) र इब्राहिम अली खानको मातापिता बनेका यी दुईले अचानक सन् २००४ मा सम्बन्ध बिच्छेद गरे।
पहिलो विवाह टुटेको लामो समयपछि सैफले करीना कपूरसँग दोस्रो विवाह गरी सबैलाई आश्चर्यचकित पारे। करीना सैफ भन्दा १० वर्ष कान्छी हुन्। खासमा सैफले अमृतासँग सम्बन्ध बिच्छेद गरी करीनासँग किन विवाह गरे लगायत अनेकन प्रश्नहरु उठ्न सक्छ। यसको जवाफ सैफ आफैँले एक अन्तर्वार्तामा दिएका थिए।
सैफले भनेका थिए, “विवाहित भएर पनि अरु महिलालाई देखेर ती कति ह:_ट छ भनेर सोच्नु बिल्कुलै ठिक हुन्न। यसकारण ह:_ट केटीसँग विवाह गरे जीवनमा पछि पश्चाताप पनि हुँदैन। म सबै पुरुष मित्रहरुलाई आफूभन्दा कम उमेरका युवतीसँग विवाह गर्न सल्लाह दिन्छु किनकी तिनीहरुसँग जीवन बिताउन सुखद् हुन्छ। साथै सुन्दर, फन लभिङ र नन जजमेन्टल लाइफ पार्टनर छान्नुहोला, जुन यी ३ गुण मैले करीनामा पाए।”
सैफ र करीना लामोसमयसम्म लिभ इन रिलेशनशिपमा बसेपछि सन् २०१२ मा वैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहको करिब ४ वर्षपछि सैफ-करीनालाई पुत्रलाभ भएको थियो। उनीहरु तैमुर अलि खानको मातापिता बनेका थिए। त्यसपछि सन् २०२१ फेब्रुअरी २१ मा उनीहरुको घरमा दोस्रो खुशी आयो, जब करीनाले आफ्नो दोस्रो छोरा जहांगीर अली खानलाई जन्म दिईन्।