स्कुल ड्रेसमा मायालाग्दी देखिने यस बच्ची अहिले बनिसकिन् नेशनल क्रश, को हुन् उनी ?

एजेन्सी : साउथ फिल्म इन्डस्ट्रीको सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्ये एक रश्मिका मण्डना(Rashmika Mandanna) आफ्नो स्टाइलिश लुक्स र अभिनयको कारण चौतर्फी चर्चामा रहन्छिन्। मात्र २५ वर्षको उमेरमै रश्मिकाले टप एक्ट्रेसको सूचीमा आफूलाई उभ्याउन सफल भएकी छिन्। अहिले उनलाई फिल्मको प्रस्तावको ओइरो लाग्ने गर्छ तर उनी सोचविचार गरेर मात्र फिल्ममा काम गर्छिन्।

रश्मिका मण्डनाको बाल्यकालको फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, जुन फोटोमा उनी स्कुल ड्रेसमा देखिएकी छिन्। धेरैजसोले यस फोटोमा रश्मिकालाई चिन्न सकिरहेका छैनन्। उनको यस फोटोमा फ्यान्सले लगातार प्रतिक्रिया दिईरहेका छन्।

यो फोटो रश्मिका मण्डना ४-५ वर्ष हुँदाखेरिको हो। त्यतिबेला उनलाई देखेर कसले भन्थ्यो होला र एक दिन यिनले फिल्म  इन्डस्ट्रीमा राज गर्नेछिन्। रश्मिका मण्डनाको लोकप्रियता यति बढी छ कि उनलाई भारतको नेशनल क्रश पनि मानिन्छ। रश्मिकाले आफ्नो छोटो फिल्मी करियरमा एक से एक फिल्महरुमा काम गरेकी छिन्। सञ्चारमाध्यमहरुका अनुसार रश्मिका बलिउड फिल्म ‘अलविदा’  मा मेगास्टार अमिताभ बच्चन र नीना गुप्तासँग काम गर्दैछिन्।

रश्मिका मण्डना अभिनित फिल्म ‘पुष्पा’ केही समयअघि रिलिज भएको छ, जसमा उनले अल्लू अर्जुनसँग धमाल मच्चाएकी छिन्। रश्मिका तेलुगु र कन्नड फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो अभिनेत्रीमध्ये एक हुन्। रश्मिकाले सन् २०१६ मा ‘किरिक पार्टी’ फिल्मबाट कन्नड फिल्म इन्डस्ट्रीमा राखेकी हुन्।

त्यस्तै उनले सन् २०१८ मा ‘चलो’ बाट तेलुगु फिल्म इन्डस्ट्रीमा कदम राखेकी हुन् र फिल्म सुपरहिट भएको थियो। रश्मिका मण्डनाले ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता शानदार फिल्मबाट विशेष पहिचान पाएकी हुन्। यी फिल्ममा उनीसँग सुपरस्टार विजय देवराकोन्डा पनि थिए। रश्मिका चाँडै ‘मिशन मजनु’ फिल्मबाट बलिउडमा डेब्यु गर्दै छिन्।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘कुसु कुसु’ गीतमा नोरा फतेहीको सबैलाई लट्ठ पार्ने का-मु_*क अवतार