एजेन्सी : बलिउडमा विवाहको लहर चलिरहेको छ। अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाहलाई फ्यान्सले व्यग्रताको साथ प्रतीक्षा गरिरहेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार ७ देखि ९ डिसेम्बर बीच भारतको राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरा रिजोर्टमा सात फेरो लिनेछन्। विवाहमा केवल उनका निकट साथी र परिवार मात्र सहभागी हुनेछन्।
मिडिया रिपोर्टस अनुसार सुपरस्टार सलमान खान आफ्नो परिवारसँग विक्की र कट्रिनाको विवाहमा सहभागी हुँदैनन्। परिवार निकट श्रोतको भनाई अनुसार विवाहको पहिलो निम्तो सलमान खान र उनको परिवारलाई दिईएको थियो। कट्रिना र विक्कीले बलिउड इन्डस्ट्रीका आफ्नो नजिकका साथी र मेन्टर्सलाई बोलाउनेछन्। विवाहमा बोलाउने मानिसहरुका सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित शेट्टीको नाम सामेल छ। यस बाहेक वरुण धवन र नताशा दलाल पनि विवाहमा सामेल हुनेछन्।
विक्की र कट्रिनाको रोका सेरेमोनी डायरेक्टर कबीर खानको मुम्बईस्थित घरमा भएको थियो। कट्रिना, कबीर खानसँग एकदमै नजिक छिन् र उनीसँग पारिवारिक सम्बन्ध राख्छिन्। कबीर उनको राखी दाजु हुन्। रोका सेरेमोनीमा विक्की र कट्रिनाका परिवार सामेल थिए।