एजेन्सी : यो मामिला त्यतिबेलाको हो जब कार्तिक आर्यन फिल्म ‘धमाका’ को प्रचारप्रसारमा व्यस्त थिए। उनी ‘बिग बोस १५ को विकेन्ड का वार’ मा आफ्नो फिल्मको प्रचारप्रसार गर्न पुगेका थिए। बिग बोसमा प्रचारप्रसार गरेर भ्याईसकेपछि कार्तिक पेट पूजा गर्न गए, जुन भिडियो भाइरल भएको थियो।
भिडियोमा करौडौं सम्पत्तिका मालिक कार्तिक आर्यनलाई स्ट्रिट साइड वेन्डरमा चाइनिज फूड खाँदै गरेको देख्न सकिन्छ। उनी आफ्नो साथीसँग वेन्डर बाहिर आफ्नो ल्याम्बोर्गिनी गाडीको बोनेट(Bonnet) मा खाना राखेर खाँदै गरेको देखिएका छन्। प्यापराजीले आफ्नो भिडियो बनाउँदै गरेको देखेपछि उनी हाँस्दै भन्छन् – “यार खाँदाको पनि डक्युमेन्टरी हुन्छ र।”
कार्तिक आर्यनको फिल्म ‘धमाका’ गत वर्ष १९ नोभेम्बरमा रिलिज भएको थियो । फिल्ममा कार्तिकले टिभी जर्नालिस्टको भूमिका निभाएका छन्। फिल्मको ट्रेलर टाइटल जस्तै निकै धमाकेदार छ।
हेर्नुस् भिडियो : –
View this post on Instagram