निकै आलीशान छ छिट्टै बेहुला बन्न लागेको विक्की कौशलको घर, हेर्नुस् इन्साइड तस्बिर

एजेन्सी : आजकल कट्रिना र विक्कीको विवाहको खबर चौतर्फी चर्चामा छ। चर्चा नहोस् पनि किन ? बलिउडको सबैभन्दा लायकको कुमार जो विक्की परे। विवाहको मिति नजिकिँदै छ तर आज हामी तपाईलाई विक्की कौशलको सुन्दर एवं आलिशान घरको झलक देखाउँछौँ।

घरको बाल्कोनीमा बसेर विक्की घामको न्यानोपन महसुस गरिरहेको देख्न सकिन्छ।

यो तस्बिरले विक्कीको रियल पर्सनालिटी बयान गर्छ। उनी रिल लाइफमा जति मेहनत गर्छन्, रियल लाइफमा पनि उत्ति नै मस्ती पनि गर्छन्।

उनको घरबाट देखिने दृश्यले जोकोहीँलाई पनि यस घरमा बस्न मन लाग्छ। साँच्चै विक्कीले घरको लोकेसन सही छनोट गरेका छन्।

अवार्ड लिएपछि घरमा चैनको पल बिताउँदै गरेका विक्की कौशल निकै थकित देखिन्छन्। कडा मेहनतपछि पाएको अवार्डको खुशी पनि अलग नै हुन्छ।

विक्कीले घरमा वर्कआउटको लागि एउटा छुट्टै रुम बनाएका छन्। विक्की आफ्नो फिटनेसलाई लिएर एकदमै सिरियस रहन्छन्।

विक्की कौशलको घरबाट मुम्बई शहरको दृश्यावलोकन गर्न सकिन्छ। यो घर विक्कीको मेहनतको कमाई हो, जसको लागि उनले निकै सङ्घर्ष गरेका छन्।

विक्कीसँग कला-कौशलता छ, घर र गाडी पनि छ। अब तपाई आफैँ भन्नुस् राम्रो जिन्दगीको लागि यो भन्दा बढी के चाहियो।

विक्की कौशलको आमाको अनुहारको मुस्कानले आफ्नो छोराको सफलतामा गर्व र खुशी रहेको देखाउँछ।

अभिनेता विक्की कौशलले आफ्नो अभिनय र मेहनतको दममा केही वर्षमै बलिउडमा आफ्नो खास परिचय बनाएका छन्।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करौडौं सम्पत्तिका मालिक कार्तिकले खाए फूडपाथको खाना, फ्यान्सले गरे खुलेर तारिफ