एजेन्सी : ग्रहको राजा सूर्यले राशि परिवर्तन गर्दै छ। सूर्य पृथ्वीको उर्जाको सबैभन्दा ठुलो प्राकृतिक श्रोत हो। सूर्यलाई नवग्रहमा सबैभन्दा ठुलो मानिन्छ। ज्योतिषमा सूर्यलाई आत्मा, पिता, राजनीति आदिको कारक मानिन्छ। कुण्डलीमा सूर्य मजबूत हुँदा उच्च पद र मान-सम्मान प्राप्त हुन्छ। ज्योतिषविद् अनुसार मेष राशिमा सूर्य उच्च र तुला राशिमा नीच मानिन्छ। सूर्यको गोचरले सबै १२ राशि पूर्ण रुपमा प्रभावित हुन्छ। तर केही राशिका जातकको लागि शुभ रहनेछ भने केही राशिका जातक सावधान रहनुपर्छ।
सूर्य गोचरको समय :
ग्रहको राजा मानिने सूर्य मंसिर ०३ गते शुक्रवार(१६ नोभेम्बर) दिउँसो १ बजे वृश्चिक राशिमा गोचर गर्दै छ। सूर्य यस राशिमा ३० दिनसम्म रहनेछ। सूर्यको यस राशि परिवर्तनले सबै १२ वटै राशिहरुलाई पूर्ण रुपमा प्रभावित पार्नेछ।
यी राशिको लागि रहनेछ शुभ :
सूर्य वृश्चिक राशिमा गोचर हुँदा मिथुन, कन्या, मकर र कुम्भ राशिका मानिसहरुले अनुकूल परिणाम पाउनेछन्। यस राशिका जातकले सरकारी क्षेत्रबाट प्रशस्त लाभ प्राप्त गर्नेछन्। साथै समाजमा मान-सम्मान बढ्नेछ र आर्थिक स्थितिमा पनि सुधार आउनेछ। यदि कुनै नयाँ कामको सुरुवात गर्न गर्न चाहनुहुन्छ भने त्यसको लागि यो गोचर अनुकूल छ।
यी राशिका जातक रहनुस् सावधान : –
यस गोचर अवधिमा मेष, वृष, तुला र धनु राशिका जातकले विशेष ध्यान दिन आवश्यक छ। यी राशिका जातकको स्वास्थ्यमा गिरावट आउन सक्छ। बन्दै गरेका कार्यमा विघ्नबाधा आउन सक्छ। खर्च बढ्नेछ र धेरै प्रयास गर्दा पनि सफलता मिल्ने सम्भावना एकदमै कम छ। यसकारण यस अवधिमा तपाईले अझ धेरै प्रयास र मेहनत गर्नुपर्ने हुन्छ। र आफूलाई चुस्त-दुरुस्त राख्नको लागि पूरा तयारी गर्नुपर्नेछ।