विक्की र कट्रिनाको बिहेको खबरमा एक्स गर्लफ्रेन्ड हरलीन सेठीको यस्तो प्रतिक्रिया

एजेन्सी : पछिल्लो समय विक्की कौशल र कट्रिना कैफ आफ्नो पर्सनल लाइफको कारण चर्चामा छन्। सञ्चारमाध्यमहरुका अनुसार विक्की र कट्रिना यहीँ आउँदो डिसेम्बरमा वैवाहिक बन्धनमा बाँधिदै छन्।  दिवालीको दिन उनीहरु दुबैको रोका सेरेमनी कबीर खान र मिनी माथुरको घरमा भईसकेको छ। यद्यपि यसबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन।

कट्रिना अघि विक्की कौशल अभिनेत्री हरलीन सेठीसँग रिलेशनशिपमा थिए। तर दुवैको अचानक ब्रेकअप भयो। फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ को रिलिजपछि दुवैजना अलग भएका थिए। हालै कट्रिना र विक्कीको विवाहको खबरमा हरलीन सेठीको प्रतिक्रिया सार्वजनिक भएको छ।

सञ्चारमाध्यमहरुका खबर अनुसार हरलीन सेठीको साथीले एक अन्तर्वार्ताको क्रममा हरलीन अहिले पूर्ण रुपमा मुभ अन गरिसकेकी छिन्। उनी आफ्नो काममा व्यस्त छिन्। उनी अहिले एकता कपूरको शो ‘द टेस्ट केस २’ लाई लिएर एकदमै उत्साहित छिन्।

विक्की कौशल र कट्रिना कैफ प्राय: एकसाथ क्वालिटी टाइम बिताईरहेका छन्। हालै दुवैजना भ्याकेसन मनाउन पनि गएका थिए। यद्यपि दुवैले अहिलेसम्म आफ्नो सम्बन्ध पुष्टि गरेका छैनन्।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब प्रड्युसरले मल्लिका शेरावतको कम्मरमा रोटी सेकाउन खोजे…