आगामी कार्तिक पूर्णिमाको दिन गर्नुहोस् यी मन्त्रले जप, हुनेछ हरेक मनोकामना पूर्ण !

कार्तिक पूर्णिमाको दिन भगवान शिवलाई प्रसन्न पार्न यी मन्त्रको जप गर्नाले सबै मनोकामना पूरा हुनेछन् । धनसम्पत्ति मिल्नेछ। आउनुहोस् जान्नुहोस् कार्तिक पूर्णिमाको शुभ मुहूर्त, पूजा विधि र कुन मन्त्रको जप गर्दा शुभफल प्राप्त हुन्छ ।

तिहारको १५ दिनपछि कार्तिक पूर्णिमा आउँछ। सनातन धर्ममा कार्तिक पूर्णिमाको विशेष महत्व छ । यस दिन स्नान, दान आदिको विशेष महत्व छ। पूर्णिमाका दिन भगवान विष्णुको विशेष पूजा गरिन्छ भन्ने सबैलाई थाहा भए पनि कार्तिक पूर्णिमामा भगवान विष्णुसँगै भगवान शिवको पनि पूजा गरिन्छ । कार्तिक पूर्णिमाका दिन पवित्र नदीमा नुहाउने र दीपदान गर्ने प्रचलन रहेको छ ।

यसपटक कार्तिक पूर्णिमा मंसिर १९ गते (शुक्रबार) मनाइँदैछ । कार्तिक पूर्णिमाको दिन भगवान शिवलाई प्रसन्न पार्न यी मन्त्रको जप गरेमा तपाईको सबै मनोकामना पूरा हुने मान्यता रहेको छ साथै धनसम्पत्ति मिल्नेछ। आज हामी यस पोस्ट मार्फत कार्तिक पूर्णिमाको दिन गरिने पूजा विधि र कुन मन्त्रको जप गर्दा शुभफल मिल्छ भन्ने बारेमा जानकारी हराउने छौँ ।

कार्तिक पूर्णिमा तिथि

कार्तिक पूर्णिमा मिति सुरु हुन्छ – १८ नोभेम्बर २०२१ दिउँसो १२:०० बाट

कार्तिक पूर्णिमा मिति समाप्त हुन्छ – १९ नोभेम्बर २०२१ दिउँसो ०२:२६ बजे

कार्तिक पूर्णिमा चन्द्रोदय समय – साझ ०५:२८:२४

कार्तिक पूर्णिमा पूजा विधि

– कार्तिक पूर्णिमालाई देव दीपावली पनि भनिन्छ। त्यसैले यस दिन जुनसुकै घाटमा गएर दियो दान गर्नुहोस् ।
– कार्तिक पूर्णिमाको दिन ब्रह्ममुहुर्तमा पवित्र स्नान वा घरमा गंगा जल चढाएर स्नान गर्नुपर्छ।
– कार्तिक पूर्णिमाको दिन व्रत बसेर भगवान विष्णुको अगाडि शुद्ध घिउको दियो बाल्नुहोस् ।
– भगवानलाइ सुद्ध घिउमा सुद्ध चामलको पिठो भुटेर यसलाई पन्चामृत पञ्चामृत बनाउनुहोस् ।
– यसपछि विष्णुसँगै लक्ष्मीको पूजा र आरती गरिन्छ। राति चन्द्रमा उदाएपछि अर्घ्य दिएर व्रत तोड्ने ।

कार्तिक पूर्णिमामा शिव मन्त्रको जप गर्नुहोस्
भगवान शिवलाई प्रसन्न पार्न यी मन्त्र जप गर्नुहोस्।
ओम नमः शिवाय
ॐ हौं जूं सः, ॐ भूर्भुवः स्वः,
ॐ त्र्यम्बेकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धूनान् मृत्योवर्मुक्षीय मामृतात्
ॐ स्वः भुवः भूः, ॐ सः जूं हौं ॐ

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बृहस्पतिले राशि परिवर्तन गर्दै, यी ४ राशीको चम्किदै भाग्य: हुनेछ लाभै लाभ !