केही दिन पहिले सम्म हलमा दर्शक नआएका कारण निराश बनेका नेपाली फिल्म निर्माता अहिले बलिउड फिल्म ‘सूर्यवंशी’ दर्शक तानेको देखेर धमाधम आफ्नी फिल्मको रिलिज मिति तोक्न थालेका छन् । त्यसतै मंगलबाट मात्र फिल्म ‘चपली हाइट २’ आफ्नो रिलिज मिति तय गरेको थियो।
त्यस्तै बिहिबार अर्को नेपाली फिल्मले रिलिज मिति तय गरेको छ । फिल्म ‘म यस्तो गीत गाउँछु’ ले आफ्नो रिलिज मिति तय गरेको छ । नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु’ यही माघको १९ गतेबाट चलचित्र रिलिज हुने तयारीमा गरेको यस फिल्मका निर्माता सुदर्शन थापा र पूजा शर्माले जानकारी दिएका छन् ।
फिल्म ‘म यस्तो गीत गाउँछु’ दर्शक माजमा निकै लोकप्रिय भएपछि यस फिल्मका निर्माताले यस फिल्मको अर्को सिरिज पनि बनाउन लागेका हुन् । यस फिल्ममा पहिलेको सिरिजमा जस्तै मुख्य भूमिकामा पल शाह र पूजा शर्मा गर्ने छन् । कोरोना भाइरसको कारण रिलिज हुन् नसकेको यस फिल्मको म्युजिक भिडियो भने सार्वजनिक भइसकेको छ ।