कुनै समयमा जति प्रयाश गरेपनि कुनै काम बन्न सकेको छैन ? यसको यसको पछाडीको कारण तपाईको भाग्यले तपाईलाई साथ नदिएको हुनसक्छ। आज हामी तपाईलाई ज्योतिष शास्त्रका केही सजिलो उपाय बताउन गइरहेका छौँ । ती उपायको प्रयोग गरेर तपाई आफ्नो भाग्य बदल्न सक्नु हुन्छ।
यदि तपाईलाई लाग्छ कि नराम्रो समयले तपाईलाई छोडेको छैन वा तपाईको खराब भाग्य चलिरहेको छ। अब चिन्ता लिनु पर्दैन। ज्योतिष शास्त्रमा उल्लेखित उपायहरु अपनाउन सक्नुहुन्छ । यसले तपाईको समस्यालाई केही मात्रामा कम गर्न सक्छ । आउनुहोस् तिनीहरूको बारेमा जान्नुहोस् ।
नुहाउने समयमा अपनाउनुहोस् यस्ता उपाय
यदि तपाईको भाग्यले साथ दिइरहेको छैन भने हरेक बिहान पानीमा एक चिम्टी बेसार मिसाएर नुहाउनुस् । यसबाट विष्णुजी र बृहस्पतिदेवको आशीर्वाद रहन्छ, जसको कारण तपाईको भाग्य बढ्छ। यदि तपाईं साँझ नुहाउँदै हुनुहुन्छ भने, पानीमा एक चिम्टी नुन मिसाउनुहोस्। यसले सबै नकारात्मकता हटाउँछ।
हनुमानको पूजा गर्नुहोस्
यदि तपाईको जीवनमा निरन्तर आर्थिक वा अन्य समस्याहरू छन् भने, पञ्चमुखी हनुमान जीको पूजा धेरै शुभ हुन्छ। त्यसैले हरेक मंगलबार मन्दिरमा गएर पञ्चमुखी हनुमानजीको अगाडि दीप प्रज्वलन गरी हनुमान चालिसाको पाठ गर्नुपर्छ । हनुमान जीको कृपाले धन, काम, शत्रु जस्ता समस्याबाट मुक्ति मिल्छ।
तुलसीला बोटमा दिप प्रज्वोलन गर्नुहोस्
हरेक दिन तुलसीको छेउमा दियो बाल्दा जीवनबाट सबै प्रकारको नकारात्मक ऊर्जाबाट टाढा रहन्छ भन्ने शास्त्रमा विश्वास छ । वैज्ञानिकहरुले पनि यसको फाइदा देखेर निकै शुभ मान्छन् ।
पूजाक गर्दाको समयमा शंख बजाउनु
यदि तपाईलाई आफ्नो घरको कुनै भागमा वास्तु दोष देख्नुहुन्छ भने, त्यस स्थानमा बिहान र बेलुका शंख बजाउनु पर्छ। घरमा शंख नभएको खण्डमा पूजा गरेपछि घण्टी पनि बजाउन सकिन्छ । तिनीहरूबाट उत्सर्जित ध्वनिद्वारा वायुमण्डलको नकारात्मक ऊर्जा नष्ट हुन्छ।