पाकिस्तानसँग हारेको भन्दै विराट अनुष्काको छोरीलाई बलात्कारको धम्की दिने व्यक्ति पक्राउ

केही समय पहिले भारतले क्रिकेट हारेको भन्दै भारतीय टी-२० क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माको छोरीलाई सामाजिक सञ्जाल मार्फत बलात्कारको धम्की दिने व्यक्ति पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यम अनुसार रामनागेश अकुबाथिनी हुन् । उनलाई भारतीय प्रहरीको साइबर सेलले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति सामान्य व्यक्ति भएको जनाइएको छ । ती व्यक्ति केही समय पहिले फुड डेलिभरी एपका लागि काम गर्थे । भारतले टी २० विश्वकपबाट बाहिरिए पछि मानिसहरुको विभिन्न आलोचन भोग्नु परेको थियो । खेलमा भारतले पहिलो चरणमा नै पाकिस्तान सँग हार व्यहोरेको थियो त्यस पछि दोस्रो खेलमा पनि न्युजिल्याण्डसँग हार व्यहोरेपछि भारतीय टी-२० टोलीले झनै आलोचना भोग्नु परेको थियो ।

हार पश्चात् सामाजिक सञ्जालमा आफ्नै देशका मानिसले खेलाडी हरुको आलोचना गर्न सुरु गरेका थिए । यसमा विराट कोहोली पनि परेका थिए । विराट र अनुष्काको छोरीलाई बलात्कारको धम्की दिने व्यक्तिले सामाजिक सञ्जालमा अपशब्दको प्रयोग गरेर बलात्कारको धम्की दिएका थिए । ती आरोपितले सामाजिक सञ्जालमा यस्तो ट्विट गरेका थिए र केही समय पछि उक्त पोस्टलाई डिलिट गरेका थिए ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पछिल्लो समयमा विवादमा रहेकी दीपाले मनाइन् छठ, सार्वजनिक गरिन् यस्ता तस्बिर!