केही समय पहिलेबाट बलिउडका दुई अभिनेता र अभिनेत्रीको विवाह हल्लाले सामाजिक सञ्जाल तताउँदै आएको छ । ती हुन् बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफ, यति बेला भारतीय सञ्चार माध्यममा आएको खबर अनुसार विक्की र कट्रिनाको विवाह हुने पक्का भएको छ ।
अहिलेको समयमा बलिउड अभिनेत्री कट्रिना फिल्म ‘टाइगर ३’ को छायाँकनमा व्यस्त छिन् । यस फिल्ममा अभिनेत्रीको अपोजिटमा अभिनेता सलमान खान रहेका छन् । यति बेला फिल्म ‘टाइगर ३’ स्थगित भएको छ । भने बाँकी छायाँकन आगामी सन २०२२ जनवरीमा हुने भएको छ ।
केही समय पहिले देखि नै विभिन्न सञ्चार मध्यममा उनीहरुको विवाहको खबर आए पनि यी दुई ले विवाहको कुरालाई सामाजिक रुपमा स्वीकार गरेका थिएनन् । तर यति बेला साबैमाज यी कुरा खुलस्त भएको छ की अब चाडै नै विक्की र कट्रिना विवाह बन्धनमा बाँधिदै छन् ।
अहिलेको समयमा भारतीय मिडियाको अनुसार यो जोडीले आगामी डिसेम्बरमा विवाह गर्दै छन् । विवाहको लागी उनीहरुले राजस्थानको एक प्यालेस बुक भइसकेको जनाइएको छ । यति बेला कट्रिना सुटिंग छोडेर दुवैजना विवाहको तयारीमा व्यस्त छन् । अहिले यी दुवै अभिनेता अभिनेत्रीले आ-आफ्नो जनाले कामबाट ब्रेक लिएको जनाइएको छ । तर विवाह कहिले हुन्छ भनेर अहिले सम्म खुलासा भएको छैन ।