सलमान र शिल्पाको प्रेम सम्बन्धको हल्ला: जब सलमान शिल्पाको घर पुगेर रोए त्यस पछि….

बलिउड अभिनेत्री शिल्पा शेट्टी फिल्ममा खासै सक्रिय छैनन् तर फिटनेस र सामाजिक सञ्जालका कारण चर्चामा रहन्छिन् । शिल्पा शेट्टीले सुपरस्टार सलमान खानसँग ‘गर्व’ र ‘मिलेंगे मिलेंगे’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । शिल्पा र सलमान खान पारिवारिक साथी हुन् तर कहिले काँही उनीहरुको अफेयरको खबर पनि बाहिर आउन थालेको थियो । तर शिल्पाले सबै कुराबाट पर्दा उठाउँदै यी खबरको अन्त्य गरिन् । जानौँ शिल्पाले के भनिन् ।

वास्तवमा, एक अन्तर्वार्तामा शिल्पाले आफ्नो र सलमानको अफेयरको खबरलाई लिएर भनिन्, ‘म र सलमान धेरै राम्रो पारिवारिक साथी हौँ । म सलमानसँग कहिल्यै डेटमा गएकी छैन । मलाई राम्ररी याद छ जब उहाँ मध्यरातमा सलमान मेरो घरमा आउनुहुन्थ्यो र मेरो बुबासँग बस्नुहुन्थ्यो, दुबैले एक-दुई पेग सँगै सेयर गर्नु हुन्थ्यो ।

शिल्पाले भनिन्, ‘जब मेरो बुवाको निधन भयो, सलमान घर पहिलेको समयमा आएर अहिले बाबुको साथमा बस्ने टेबलको नजिक बसेर सलमान टेबलमा टाउको राखेर धेरै बेर रोइरहेका थिए । त्यसपछि हाम्रो मित्रता पनि गाढा भयो ।’ एक अन्तर्वार्ताको क्रममा अभिनेत्री शिल्पाले यी सबै कुरा बताएकी थिइन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिवंगत बलिउड अभिनेता सुशान्त अभिनीत यस म्युजिक भिडियोले पार गर्‍यो सात समय मिलियन भ्युज !