कहिले छ कार्तिक पूर्णिमा ? माता लक्ष्मीको कृपाको लागि बन्दै छ शुभ योग, चन्द्रग्रहण पनि लाग्दै

काठमाडौँ : कार्तिक महिनालाई धार्मिक दृष्टिले अत्यन्तै विशेष र महत्वपूर्ण मानिन्छ। धनतेरस, लक्ष्मीपूजा, गोवर्धन पूजा, भाईटिका र छठ लगायतका महा-पर्व यहीँ महिनामा मनाईन्छ। कार्तिक महिनामा पर्ने पूर्णिमाको तिथिलाई पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। लक्ष्मीलाई प्रसन्न गर्नको लागि यो तिथिलाई उत्तम मानिन्छ।

कार्तिक पूर्णिमाको महत्व :

पूर्णिमाको तिथि हरेक महिनामा पर्छ। तर कार्तिक पूर्णिमाको महत्व ती सबैभन्दा विशेष मानिन्छ। यस दिन स्नान र दीपदान गर्नु शुभ र पुण्य लायक हुन्छ। यहीँ कारण कार्तिक पूर्णिमामा पवित्र नदीमा ठुलो सङ्ख्यामा मानिस स्नान र दान आदि कार्य गर्छन्। यस दिन पूजा, हवन, जप र तपको पनि विशेष महत्व छ।

कार्तिक पूर्णिमा कहिले छ ?

पञ्चाङ्ग अनुसार कार्तिक शुक्लपक्षको पूर्णिमा मङ्सिर ३(१९ नोभेम्बर) गते शुक्रवारको दिन छ। यसै दिनबाट कार्तिक महिना समाप्त हुन्छ। अर्थात् यो पूर्णिमापछि तिथिगत रुपमा मसिंर लाग्छ र बिवाह व्रतबन्धका साइतहरु धमाधम जुराइन्छ । वडादशैंको समापनसँगै शुरु भएको कार्तिक यसै पूर्णिमाबाट समापन हुन्छ। यस पूर्णिमालाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ। पौराणिक कथा अनुसार यस दिन भगवान शिवले त्रिपुरासुर नामक असुरको विनाश गरेका थिए। तब देखि नै भगवान शङ्करलाई त्रिपुरारी पनि भन्ने गरिन्छ।

मत्स्यावतार

विष्णु पुराण अनुसार कार्तिक पूर्णिमाको दिन भगवान नारायणले मत्स्यावतार लिएका थिए।

शुभ योग बन्दै छ।

पञ्चाङ्ग अनुसार यस दिन यानी कार्तिक पूर्णिमामा सर्वार्थ सिद्धि नामक योग र वर्धमान योग पनि बन्दै छ। जसले गर्दा यस दिनको पूजाको महत्व अझ वृद्धि गरेको छ।

चन्द्र ग्रहण २०२१

यस दिन सन् २०२१ को अन्तिम चन्द्रग्रहण पनि लाग्दैछ। यस दिन चन्द्रमा वृष राशिमा रहनेछ। उक्त चन्द्र ग्रहण आंशिक चन्द्रग्रहण हुनेछ। यसमा सूतक काल मान्य हुनेछैन।

लक्ष्मी पूजा

कार्तिक पूर्णिमामा लक्ष्मीको पूजाको पनि विशेष महत्व छ। यस दिन लक्ष्मी स्तुति र लक्ष्मी मन्त्र जप गर्नु शुभ मानिन्छ। लक्ष्मीको पूजाले सम्पूर्ण आर्थिक समस्याहरु दूर हुनेछन्।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१६:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै भावुक हुन्छन् यी ३ राशिका मानिस, निकै सफा हुन्छ यिनीहरुको मन