‘छक्का पञ्जा ४ ‘ को ट्रेलरमा देखिएनन् जितु नेपाल, गरे फिल्ममा नरहेको घोषणा !

अहिलेको समयमा हाँस्य कलाकार जितु नेपाल चर्चामा रहेका छन् । जितुले सञ्चालन गरेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट बन्द भएको छ । कमेडी क्लबका चर्चित पात्र (फुलन्देको आमा) उमेश राईले शो छोडेपछि यति बेला मुन्द्रेको कमेडी क्लब बन्द भएको छ ।

साथै अहिलेको समयमा नेपाली हलहरुमा दर्शक तान्न सफल बलिउड फिल्म ‘सूर्यवंशी’ दर्शक  दर्शक माझ  निकै चर्चामा रहेको  छ । साथै यस फिल्मको साथमा दीपक राज गिरी र दीपाले निर्माण गर्न लागेको फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर पनि सार्वजनिक भएको छ । उक्त्त ट्रेलरमा यस भन्दा पहिले देखिँदै आएका सम्पूर्ण टिमलाई देखिएको छ तर यस ट्रेलरमा जितु नेपाल देखिएका छैनन् ।

जितु नेपालले आफ्नो शो बन्द गरेको जानकारी दिनको लागी आयोजना गरेको कार्यक्रममा उनलाई सोधिएको प्रश्नमा के तपाइले छक्क पञ्जा टिम छोड्नु भएको हो भन्दा जितुले भनेका छन् । उनी दीपक र दीपाले निर्माण गर्न लागेको फिल्म छक्का पञ्जा ४ मा नरहेको बताएका छन् । फिल्म छायांकन नभए पनि फिल्म प्रचारको लागी बनाएको ट्रेलरमा जितु नदेखिनुले अनुमान लगाउन सकिन्छ । छक्का पञ्जाको यस भन्दा पहिलेको ३ वटा सिरिजमा देखिएका जितु आगामी फिल्म छक्का पञ्जा ४ मा छैनन् ।

महानायकको विषयमा विवाद भएपछि छक्का पञ्जाको निर्देशिका दीपा मुन्द्रेको कमेडी क्लबबाट बहिरिएकी थिइन् । त्यस समय देखि नै जितु र दीपाको सम्बन्धमा खटपट भएको थियो । साथै जितुले भनेका छन् । ‘यस ट्रेलरमा नदेखिएको म सायद फिल्ममा पनि रहन्न होला ।’ साथै जितुले भनेका छन् ‘ म सामान्य कलाकारलाई दीपक दाइ दीपा दिदीले हिरो बनाउनु भएको छ । त्यसैले अब उहाँहरु प्रति मैले अझै पनि आस गर्नु उचित हुँदैन ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० वर्षसम्म यस अभिनेत्रीलाई प्रेम जालमा पारे अनि चटक्कै माया मा;-*रे सलमान खानले