कार्तिक महिनालाई हिन्दू धर्ममा विशेष मानिन्छ। यस महिनामा वर्षकै ठूलो पर्व तिहार पनि मनाइन्छ । साथै कार्तिक महिनामा भगवान श्रीराम १४ वर्षको वनवास पूरा गरेर अयोध्या फर्केका थिए । कार्तिक महिना जस्तै यस महिनाको पूर्णिमा पनि विशेष छ। यस वर्ष कार्तिक पूर्णिमा पर्व १९ नोभेम्बर २०२१ शुक्रबार मनाइँदैछ। यस दिन केही विशेष उपाय अपनाएमा मानिसलाई आफ्नो भाग्य फर्किने मान्यता रहेको छ ।
कार्तिक पूर्णिमाको व्रतले अग्निष्टम यज्ञ गरेजस्तै फल दिन्छ। अर्कोतर्फ कार्तिक पूर्णिमाबाट व्रत सुरु गरी प्रत्येक पूर्णिमा व्रत गर्नाले सबै मनोकामना पूरा गर्नुका साथै अपार धनको प्राप्ति हुन्छ ।
कार्तिक पूर्णिमाको दिन चन्द्रोदयको समयमा छ तपस्वी शिव, सम्भुती, प्रीति, सन्ति अनुसया र क्षमाको पूजा गर्नाले घरमा धन र अन्नको प्राप्ति हुन्छ । धार्मिक शास्त्र अनुसार यी तपस्वीहरु स्वामी कार्तिककी आमा हुन् ।
कार्तिक पूर्णिमाको दिन गंगाको किनारमा दीपदान गर्नु धेरै शुभ मानिन्छ। यस दिन देवताहरू गंगा नदीमा स्नान गर्न आएर दीप प्रज्वलन गरी स्वर्गको बास पाएको जनविश्वास छ । त्यसैले यस दिन दीपदान गर्नुको ठूलो महत्व छ। कुनै पनि नदी वा तालमा दिप दान गर्नाले सबै प्रकारका संकट र ऋणबाट मुक्ति मिल्छ।
कार्तिक पूर्णिमाको दिन घरमा तुलसीको पूजा गर्नुहोस्। यो महिनाभर तुलसीजीको पूजा गर्नाले धेरै फल प्राप्त हुन्छ । यसका साथै यस दिन घरको मुख्य प्रवेशद्वारमा आँपको पातले बनेको तोरण बाँधेर घरमा दिप प्रज्वोलन गर्नाले घरमा धनको कमी कहिल्यै हुदैन ।
कार्तिक पूर्णिमाको दिन दान गर्दा १० वटा यज्ञ गरे जस्तै फल मिल्ने जनविश्वास छ । त्यसैले यस दिन आफ्नो क्षमता अनुसार भोजन, वस्त्र आदि दान गर्नुहोस्। यसो गर्दा तपाईको घरमा सदैव धन, समृद्धि र आशिर्वाद रहनेछ।