जाह्नवी कपूर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्नो फरक शैलीले फ्यानको मन जित्ने गर्छिन् । यस पटक भने जाह्नवीको एउटा फनी स्टाइल निकै भाइरल भइरहेको छ ।
दिवंगत अभिनेत्री श्रोदेवीको प्यारी छोरी तथा बलिउड अभिनेत्री जाह्नवी कपूर कपूर उनको अभिनयको साथै सुन्दरताको कारण सबैको मनमा बस्न सफल भएकी छिन् । उनले छोटो समयमै फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । जाह्नवीले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेकी छिन्, यसका अलावा उनको मनमोहक अभिनयका लागी पनि मानिसहरु पागल छन् ।
View this post on Instagram
अभिनेत्रीका फ्यानहरु उनको अद्भुत अभिनयको मानिसहरु उनी प्रति मोहित भएका छन् । त्यसतै अभिनेत्री फेरी एक पटक फ्यानहरु माजमा चर्चाको विषय बनेकी छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा उनी अनौठो काम गरिरहेको देखिएकी छिन् । भिडियो शेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘मिली मिड शू-ट सेना-निगन्स’।
जाह्नवी अहिले आफ्नो आगामी फिल्म ‘मिली’ को सुटिङमा छिन् । उनले सुटिङको बिचमा समय निकालेर यो रमाइलो भिडियो बनाएका हुन् । भिडियोमा फ्यानहरुको रमाइलो प्रतिक्रियाहरु आइरहेका छन् । यो भिडियो हेरेर अभिनेत्रीको बहिनिले आफूसँग सम्बन्ध भएकोमा दुःख व्यक्त गरेकी छिन् । योसँगै अर्जुन कपुरले यो वर्ष जाह्नवीसँग भेट नहुने पनि लेखेका छन् । यद्यपि उनका दाजु बहिनीले यी कुराहरू मजाकमा मात्र लेखेका छन्।
तस्बिर श्रोत: जाह्नवी कपूर इन्स्टाग्राम