पछिल्लो महानायकको विषयमा विभिन्न किसिमको चर्चा हुँदा महानायक राजेश हमालको स्वोरमा एक म्युजिक भिडियो सार्वजनिक भएको छ।
केही समय पहिले महानायक राजेश हमालको आवाजमा एक म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त्त गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल र उनको साथमा पछिल्लो समयमा टिकटकबाट चर्चामा आउन सफल रेश्मा धिमिरेको अभिनय रहेको छ भने स्वोरमा महानायक राजेश हमालको साथमा सुवाश पुरी र एलिना चौहानले आवाज दिएका छन् ।
यस म्युजिक भिडियोलाई केही घण्टा अगाडी मात्र सामाजिक सञ्जाल युटयुबमा सार्वजनिक गरिएको छ । त्यसै पनि केही समय पहिले महानायकको विषयको कारण चर्चामा रहेका राजेश हमाल म्युजिक भिडियोमा आवाज दिनुको साथै सुन्दर अभिनयको कारण उनको चर्चा झनै बढेको छ ।
केही दिन पहिले सामाजिक सञ्जाल मार्फत महानायक राजेश हमाल छिट्टै नै एक नयाँ फिल्ममा मुख्य भूमिकामा देखिने बताइएको थियो ।