आखिर के गरिन् फुलन्देको आमाले जसको कारण ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदैछ ? यस्तो छ कारण !

विगत लामो समय देखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित कमेडी शो आगामी हप्ताको प्रशारण पछि बन्द हुने भएको छ । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ले सञ्चालन गर्दै आएको कमेडी शो आगामी हप्ताको प्रसारण पछि बन्द हुने भएको हो ।

कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ का सञ्चालक जितु नेपालले सामाजिक सञ्जाल मार्फत भनेका छन् । यो शो केही समयको लागी बन्द भएको हो । पुन: केही समय पछि दर्शक माज देखिने जितु नेपालले बताएका छन् । साथै उनले भनेका छन् ।

‘ म यो शो बन्द गर्ने सोचमा थिए तर यति छिटो भने हैन । यो शो यति छिटो बन्द हुनुमा यस शो मा सबैले मन पराइएको पात्र ‘फुलन्देको आमा’ अर्थात् उमेश राई अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएको कारण मैले यस शो बिना तयारी र कसैलाई पनि जानकारी नगराई यति छिट्टै बन्द गर्ने निर्णय गरेको हुन्।’ भनेर जितु नेपालले बताएका छन् ।

पछिल्लो समयमा ‘मुन्द्रेको कमेडी क्लब’ मा उनको गेट-अपको साथै उनको अभिनयको कारण सबैले उनको अभिनयलाई मन पराएका थिए । विभिन्न सामाजिक सञ्जालको सूचना अनुसार उमेश राई (फुलन्देको आमा) एक रियालिटी शो ‘डान्स च्याम्पियनसिप’ मा होस्टको रुपमा देखिँदै छन्। साथै उक्त शोमा पनि उनी फुलन्देको आमाको भेषमा नै देखिने हुनाले त्यसै कारणले शो बन्द हुन लागेको जितुले बताएका छन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्मदिनमा शाहरुख खानको यस्तो खुलासा, गौरी खानसँग गरेका थिए ३ पटक विवाह: कारण यस्तो !