पञ्चाङ्ग समितिको निर्णय अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
पञ्चाङ्ग समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार सकभर उत्तम साइतमा तिहारको टिका लगाउनु राम्री हुने बताएका छन् ।
केही कारणले गर्दा उत्तम साइतमा टीका लगाउन असमर्थ भएमा १२ बजे भित्र टीका लगाउँदा पनि राम्रो रहेको उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाई सक्न उहाँले सुझाव दिनु भएको छ ।
यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार कार्तिक १७ गतेबाट सुरु हुँदैछ । अहिलेको वर्ष तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।
दुई तिथि एकै दिनमा परेको हुँदा पर्सि बिहान सबैभन्दा पहिले कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।