नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता तथा महानायक राजेश हमाल यति बेला करिब पाँच वर्ष पछि फिल्म क्षेत्रमा फर्कंदै छन् । निर्माण हुन लागेको फिल्म ‘सत्यम्’ बाट लामो समयको अन्तराल पछि अभिनेता फिल्म क्षेत्रमा आउन लागेका हुन् ।
अहिलेको समयमा महानायक राजेश हमालको फिल्म क्षेत्रमा लामो समय पछिको क-म्ब्याक निकै महत्त्वोपूर्ण हुने छ । किनकि दर्शक तथा राजेश हमालको फ्यानले लामो समय पछि उनलाई फिल्ममा देख्न लागेका हुन् ।
त्यसै पनि महानायकको विषयमा भएको विवादमा उनलाई लामो समय देखी फिल्म क्षेत्रमा नदेखिएको कारण केही दर्शक तथा नेपाली फिल्म क्षेत्रको केही निर्देशक तथा अभिनेताले विभिन्न आरोप लगाउँदै आएका छन् ।
उनीहरुले महानायक राजेश हमाललाई कुनै पनि फिल्म निर्माण नगरेको र लामो समय देखी कुनै पनि फिल्ममा नदेखिएको कारण उनलाई महानायक भन्न नसकिने र लामो समय देखी फिल्म क्षेत्रमा सक्रिय भएर हजारौँ मानिसलाई रोजगारी दिएको कारण महानायक अभिनेता भुवन केसी हुनु पर्ने कुरा केही अभिनेता, निर्देशक र मानिसहरुले राख्दै आएका छन् ।
यस फिल्ममा महानायक राजेश हमालको साथै अनुप विक्रम शाही नायिका मल्लिका महतकोको अभिनय रहेको छ भने अनुप खलनायकको भूमिकामा देखिँदै छन् । तिहार पछि छायांकनमा जाने यस फिल्ममा राजेश हमाल ४ फरक-फरक भूमिकामा देखिने छन् ।