चर्चित अभिनेत्री श्वेता तिवारीकी छोरीले यतिबेला सामाजिक सञ्जालमा धुम मच्चाइरहेकी छिन् ।
उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनी निकै आकर्षक देखिएकी छिन् । तर निकै सुन्दर देखिने पलकको बाल्यकालका तस्बिरहरू हेर्नुभयो भने पत्याउनै नसक्ने त्यो सानो केटी आज सुन्दरी बनेर करोडौंको मन चोरिरहेकी छिन् ।
श्वेता तिवारीकी छोरी पलक तिवारीको नयाँ म्युजिक भिडियो ‘बिजली बिजली’ सार्वजनिक भएको छ । यो रिलिजपछि फ्यानहरू अहिले पलक तिवारीको तस्बिर जुम गरेर हेरिरहेका छन् ।
आज बाल्यकालको तस्विरमा सुन्दर देखिने ती बालिका आज एकदमै सुन्दर देखिएकी छिन् । अहिले उनको रुपम निकै परिवर्तन आएको छ । जुन कुरा हामी उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरबाट थाहाँ पाउन सक्छौ ।
भिडियोमा पलक तिवारी हार्डी सन्धुसँग अचम्मको डान्स मुभ देखाउँदै छिन् । भिडियोमा उनले आफ्नो लुक्स र डान्सले उत्कृष्ट स्टार किड्सलाई हराउन सक्छिन्। पलकको यो गीत रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा छाएको छ
अरविन्द खैराको निर्देशन रहेको ‘बिजली बिजली’ गीतमा बिप्राकको संगीत र पञ्जाबी संगीतकार जानीको शब्द रहेको छ । यस अघि सन् २०१८ मा पञ्जाबी हिट गीत ‘क्या बात ए’ मा बी-प्रेक जानी र अरविन्दर खैरा सँगै देखिएका थिए ।
पलक तिवारीको डेब्यु फिल्मको कुरा गर्दा उनी आगामी फिल्म ‘रोजीः द सेफरन च्याप्टर’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । विवेक ओबेरोयले निर्माण गरेको यस फिल्ममा पलक काजोलकी बहिनी तनिषा मुखर्जीको अपोजिटमा देखिनेछिन् ।