मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सुरुमा बाधा आउँछन् तर अलिकति परिश्रम थपेमा गरेका काम बन्नेछन् । व्यापारको क्षेत्रमा राम्रै प्रगति देखिन्छ । वादविवाद पर्दा तपाईंकै विजय होला । मित्रवर्गबाट गतिलै सहयोग पाइने सम्भावना छ । लामो समय देखी अधुरै रहेका काम सम्पन्न हुनेछ । बोलीको प्रभावको कारण कसैको पनि मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा गरेका काम सम्पन्न हुनुको साथै सामाजिक मान सम्मन मिल्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
साता राम्रै खालको छ । सुरुमा इष्टमित्रसँग भेटघाट हुने र भोजभतेरमा समेत सम्मिलित हुने अवसर मिल्नेछ । परम्परालाई धान्न पनि खर्च गर्नुपर्ने बाध्यता भने परिरहला । व्यक्तित्वको राम्रो विकास हुनेछ । शैक्षिक खाले काममा भने हाल विश्रामको चिह्न नै लागेको छ । स्वास्थ्यमा सुधार हुनुको साथै शरीरमा स्फूर्ति बढ्नेछ ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
खर्च घटाउन नसकिए पनि सातालाई नराम्रो भन्न मिल्दैन । गरेका र अाँटेका धेरै काम बन्नेछन् । नयाँ खालको ज्ञान प्राप्ति हुनेसमेत सम्भावना छ । जागिरबाट नै राम्रो भरोसा मिल्न सक्ला । वैदेशिक व्यापारबाट विशेष लाभ लिन सकिएला । आफन्त तथा साथि भाइ संगको भेटले मन प्रसन्न हुनेछ । दिदिको तर्फबाट लाभ हुनेछ ।