दीपावलीको दिन गरिएको उपायले धेरै प्रभावकारी परिणाम दिन्छ। यस दिन सिन्दूर र सर्सिउको तेलको सजिलो उपाय अपनाउनु भयो भने वर्षभरि धेरै समस्याबाट जोगिनुहुनेछ र भाग्यमा पनि वृद्धि हुनेछ ।
अब तिहारको आगमनको लागी दिन गन्ति सुरु भइसकेको छ । यस वर्षको तिहार कार्तिक १७ गतेबाट सुरी हुँदैछ । यस तिहारको समय धनधान्यकी देवी लक्ष्मीसँगै भगवान् गणेश र देवी सरस्वतीको पूजालाई विशेष मानिन्छ । दीपावलीको दिनलाई धर्मदेखि ज्योतिष र वास्तु शास्त्र आदिमा निकै महत्त्वपूर्ण मानिन्छ। यस समयमा गरिएको उपायले धेरै प्रभावकारी फल दिन्छ। तिहारको समयमा यस्ता उपाय गर्नाले वर्षभर सुख-समृद्धि मिल्नुका साथै परिवारलाई सबै दुःखबाट बचाउने मान्यता रहेको छ ।
तिहारको विशेष दिन लक्ष्मी पूजाको दिन सिन्दुर र सर्सिउको तेलको प्रयोग गरी यस्ता उपाय अपनाउनाले तपाईको जीवनमा आउने विभिन्न समस्याबाट छुटकारा मिल्नुको साथै जीवन भर सुख समृद्धि मिल्ने मान्यता रहेको छ । साथै यस्तो उपाय गर्नाले माता लक्ष्मी र शनिदेवको कृपा पनि कायम रहन्छ । यसका लागी सर्सिउको तेल र सिन्दूर मिसाएर दीपावलीको दिन घरको मुख्य ढोकामा तिलक लगाउनुहोस्। यदि तपाई चाहनुहुन्छ भने त्यसबाट स्वस्तिक बनाउनुहोस्। यसो गर्नाले घरलाई नराम्रो नजरबाट बचाउँछ । घरमा सौभाग्य पनि ल्याउँछ।
सिन्दूर र सर्सिउको तेलको यस सरल उपायबाट परिवारक सदस्यमा शुख समृद्धि आउनुको साथै परिवारक सदस्यको उन्नति हुने मान्यता रहेको छ । विशेष गरी जसमा शनिको प्रभाव वा साढे सती चलिरहेको छ । उनीहरुले यो उपाय अवश्य अपनाउनु होला । शनिको महादशाको समयमा मानिसहरूले करियर, आर्थिक अवस्था, दाम्पत्य जीवन, स्वास्थ्य सम्बन्धी धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो उपायको कारण उनीहरूको पीडा कम गर्नेछ।