एजेन्सी : बलिउड इन्डस्ट्रीको सुपरस्टार एक्सन् हिरो अजय देवगन(Ajay Devgan) ले फ्यान्सको मनमुटुमा खास स्थान बनाएका छन्। अजय देवगन शान्त स्वभावका छन्। तर के तपाईलाई थाहा छ शान्त स्वभावका अजयलाई भीडले हमला गरेका थिए। त्यसपछि पिता वीरू देवगन उनलाई बचाउनको लागि १५० फाइटर लिएर आए। यसबारे अजय आफैँले खुलासा गरेका थिए।
एकपटक अजय देवगन च्याट शो ‘यादों की बारात’ मा अभिषेक बच्चन र सञ्जय दत्तसँग पुगेका थिए। अर्को तर्फ यस शोको होस्ट गरिरहेका साजिद खान र रितेश देशमुखले तीनै जनासँग सोधे कि, के कलेज पढ्दा ताका कहिल्यै लडाई भएको थियो। यसमा अजयले धेरै पटक झगडा गरेको बताए। धेरैपटक पिटर आएको पनि खुलाए। अझ एकपटक त २०-२५ जना उनलाई पिट्न पछि लागेको अजयले बताए। त्यसपछि अजयले यस घटना बारे बताउनको लागि साजिदलाई भने।
त्यसपछि साजिद खानले भने, ‘अजय देवगनसँग एक सेतो जिप थियो, जसमा हामी सबै घुम्थ्यौं। एक पटक होलिडे होटेल नजिक एक सानो गल्लीमा हामी गाडी लिएर जाँदै थियौँ। त्यसैबेला हाम्रो गाडीको अगाडी एक बच्चा आयो। तर अजयले समयमै ब्रेक लगाए। जसले गर्दा बच्चा जिपको टायरमुनि पर्नबाट जोगियो। बच्चालाई चोटपटक त लागेको थिएन तर बच्चा एकदमै डराएको थियो।’
‘एकैछिनमा मानिसहरुको भीड जम्मा भयो। तिनीहरुले नानाथरी भन्दै गाली गर्न थाले र हामीलाई पिट्न थाले।’
यसैबीच अजय देवगनका बुबाले यस घटनाबारे जानकारी पाए र उनी करिब १५० फाइटर लिएर आफ्नो छोरालाई बचाउन आए। उहाँलाई देखेर हामी सबैको जोश आयो र लड्न तयार भयौँ। अजय देवगनका पिता वीरू देवगन एक्सन डाइरेक्टर थिए, जो अहिले यस संसारमा रहेनन्।