भोलि कार्तिक १४ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

कार्तिक १४, २०७८, आइतवार ♦♦♦31 October, 2021 ♦♦♦दशमी, कार्तिक कृष्णपक्ष ♦♦♦ कौलागा, ११४१ ने.सं. ♦♦♦ सूर्योदय : – ६:१४ ♦ सूर्यास्त : – १७:१९ ♦♦♦ शुभ साइत – होम गर्ने साइत

पञ्चाङ्ग : –

दिन – आइतवार ♦♦♦नक्षत्र – मघा , १०:०६ बजे उप्रान्त पूर्वफाल्गुनी ♦♦♦तिथि – दशमी , ९:५७ बजे उप्रान्त एकादशी ♦♦♦ करण – भद्रा ९:५७ बजेदेखि वव , २१:४७ बजे उप्रान्त तैतिल ♦♦♦ योग – ब्रह्म , २१:३० बजे उप्रान्त ऐन्द्र ♦♦♦

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको स्वभाव  उग्रता र जिद्दी व्यवहारलाई नियन्त्रण गर्न जरुरी छ। मिहिनेत गरेर अपेक्षित सफलता नपाउँदा मनमा उदासी रहनेछ। शारीरिक स्वास्थ्य  कमजोर रहनेछ । सन्तानप्रति चिन्ता रहनेछ। सरकारी काममा सफलता मिल्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको कार्य सफलतामा दृढ मनोबल र आत्मविश्वासको भूमिका रहनेछ। पिताको पक्षबाट लाभ मिल्नेछ। विद्यार्थीले अध्ययनमा रुचि कायम राख्न सक्नेछन्। सरकारी काममा सफलता वा लाभ मिल्नेछ। सन्तानको पछाडि धन खर्च हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपईको दिनको सुरुवात ताजा र ऊर्जावान महसुस गरेर हुनेछ। भाग्यको अवसर मिल्नेछ। नयाँ कार्यको थालनी गर्न सकिनेछ । इष्टमित्र, आफन्त तथा छिमेकीसँगको सम्बन्ध सुमधुर रहनेछ। आर्थिक रुपमा गणेशजीको कृपाबाट लाभ मिल्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मनमा केही निराशाका कारण मन खिन्न रहनेछ। परिवारको  सदस्यसँग मनमुटाव हुन सक्ला। विद्यार्थीको मन पढाइमा एकाग्र हुनेछैन। पैसा खर्च बढ्नेछ। मन असन्तुष्टिको भावनाले घेरिएको हुनेछ। अनैतिक प्रवृत्तिमा नपर्नुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आत्मविश्वास र छिटो निर्णयले काममा अगाडि बढ्न सकिनेछ। समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । बुबा वा ठूला व्यक्तिबाट लाभ मिल्नेछ। स्वास्थ्यमा केही गुनासो आउनेछ । दाम्पत्य जीवनमा मधुरता अनुभव हुनेछ। सरकारी काम चाँडै सम्पन्न हुने देखिन्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक तथा मानसिक चिन्ताले सताउनेछ। तपाईको अहंकार कसैसँग झगडाको कारण बन्नेछ। आकस्मिक धन प्राप्त होला। दाम्पत्य जीवनमा अशान्ति हुनेछ। मानसिक तथा शारीरिक स्वास्थ्य बिग्रनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

घरायसी जीवनमा हर्षोल्लास छाउनेछ। आय वृद्धिको योग छ। कार्यालय र  व्यापार क्षेत्रमा अनुकूल वातावरण रहनेछ। पदोन्नति हुने योग छ।  परिवारको सदस्य र साथीभाइ खुसी रहनेछन्। व्यावसायी वर्गको व्यापार लाभदायक हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको सबै काम सफलतापूर्वक सम्पन्न हुनेछ। घरायसी जीवनमा सुख र सन्तुष्टि रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। समाजमा मान सम्मान मिल्नेछ । सन्तानको सन्तोषजनक प्रगतिले आनन्द दिनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कुनै पनि खतरनाक कदमले तपाईलाई समस्यामा पार्न सक्छ। कुनै पनि काममा उत्साहको कमी रहनेछ । शारीरिक तथा मानसिक रूपमा चिन्तित र चिन्ताजनक समय रहनेछ। नोकरी-व्यवसायमा कठिनाइ र अवरोध सिर्जना हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

नकारात्मक विचारबाट टाढा रहनुस  र खानपिन्मा ध्यान  दिनुहोला। अचानक पैसा खर्च हुनेछ। औषधि उपचारमा खर्च हुने सम्भावना छ । व्यापारमा साझेदारसँग आन्तरिक मतभेद बढ्नेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला । सामाजिक कार्यमा यात्राको योग रहेको छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

प्रेम, रोमान्स, यात्रा, पर्यटन र मनोरञ्जनमा तपाईंको दिन बित्नेछ। आफन्त तथा साथीभाइसँग खानपिनको लागि कतै जाने अवसर मिल्नेछ।  साझेदारसँग राम्रो सम्बन्ध रहनेछ। सार्वजनिक जीवनमा मान र प्रतिष्ठा मिल्नेछ। दृढ आत्मविश्वासका साथ काममा सफलता मिल्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दैनिक कार्य सहज रुपमा सम्पन्न हुनेछन् । घरमा सुख शान्तिको वातावरण रहनेछ। स्वभावमा उग्रता रहनेछ। जसकारण बोली  र व्यवहारमा सावधानी अपनाउन आवश्यक छ । सहकर्मीको सहयोगले व्यावसायिक क्षेत्रको काम सहज बन्नेछ।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कार्तिक १४ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !