प्रत्येक वर्ष कार्तिक महिनामा दिवालीको पवित्र चाड आउँछ। धनतेरसको पर्व दिवाली भन्दा एक दिन अघि मनाइन्छ। कार्तिक महिनामा कृष्ण पक्षको त्रयोदशीको तिथिमा दिवाली मनाइन्छ। धनतेरसको दिनमा किनमेल धेरै महत्त्वपूर्ण हुन्छ। धार्मिक विश्वासका अनुसार यस दिन खरिद गरिएका सामानहरूको मात्रा बढ्ने गर्दछ।
धर्मशास्त्रमा यो पनि भनिएको छ कि यस दिनमा केही उपायहरू गर्नाले घरमा धन र अन्नका भण्डारहरू भरिन्छन्। साथै, सधैँ माता लक्ष्मीको आशिर्वाद रहिरहन्छ। आज हामी तपाईंलाई धनातेरसमा गर्न सकिने ५ उपायका बारेमा बताउँछौँ…
१. धनतेरसमा गोमती चक्रको उपायले गर्नाले व्यक्तिको जीवनमा पैसाको अभाव हुँदैन। धनातेरसको दिन गोमती चक्रमा चन्दन लगाउनुहोस् र त्यसपछि लक्ष्मी माताको पूजा गर्नुहोस् र उनको मन्त्र जप गर्नुहोस्।
२. धनतेरसको दिनमा लक्ष्मी-गणेश र कुबेरको पूजा गरेपछि २१ दाना चामल रातो रंगको कपडामा लपेट्नुहोस् र रातमा धन राख्ने ठाउँमा राख्नुहोस्। धनतेरसको दिनमा यो उपाय गर्नाले आर्थिक समृद्धि प्राप्त हुन्छ।
३. धनतेरसदेखि भैदुजसम्म रातो कपडामा ११ वटा कौडा राख्नुहोस् र श्री सुक्तको पाठ गर्नुहोस्। यसो गर्नाले धन सम्बन्धित सबै समस्याहरू दूर हुनेछ।
४. धनतेरसको साँझ १३ बत्तीहरू बाल्नुहोस् र मध्य रातमा घरको प्रत्येक कुनामा १३ वटा कौडा राख्नुहोस्। यसो गर्नाले आकस्मिक धन प्राप्ति हुने विश्वास छ।
५. यस्ता धेरै मानिस हुन्छन् जसको हातमा पैसा टिक्दैन, जसको कारण उनीहरुमा धेरै जसो समय धनको कमी रहन्छ। यस्तो अवस्थामा, धनतेरसदेखि दिवालीसम्म माता लक्ष्मीलाई ल्वांग चढाउनु पर्छ।