धनतेरस: यस दिन नकिन्नुहोस् यी ६ चिज, धेरै अशुभ मानिन्छ !

धनतेरसको दिन धन, समृद्धि र सुख प्राप्तिको लागि शुभ हुन्छ। यस दिन, केहि विशेष धातुहरू र चीजहरू किन्न शुभ मानिन्छ। तर के हि यस्ता चीजहरू पनि छन् जसलाई धनतेरसको शुभ दिनमा घरमा ल्याउनु हुँदैन। जान्नुहोस् यस्ता ६ चीजहरूको बारेमा…

स्टीलको भाँडो 

धेरै व्यक्तिले धनतेरसमा स्टिलका भाँडा किन्छन्, तर यो गलत हो। यस शुभ दिनमा कसैले स्टिलको भाँडा किन्नु हुँदैन। स्टीलको धातु राहुको कारक हो जुन घरमा ल्याउन शुभ मानिदैन।

एल्युमिनियम

 

एल्युमिनियममा पनि राहुको प्रभाव हुन्छ, त्यसैले यसलाई घरमा ल्याउनु र सजाउनु अशुभ र दुर्भाग्यपूर्ण मानिन्छ। यस बाहेक, यसमा खाना पकाउनु पनि शुभ मानिदैन।

फलाम 

 

ज्योतिषशास्त्रमा फलामलाई शनिको कारक मानिन्छ, त्यसैले यस शुभ दिनमा घरमा फलामका चीजहरू ल्याउनु शुभ मानिदैन। यस दिन घरमा धारिलो हतियार पनि ल्यानु हुँदैन।

प्लास्टिक 

 

धनतेरसको दिनमा प्लास्टिकका सामानहरू किन्नु पनि अशुभ मानिन्छ किनकि यसले स्थायित्व घटाउँछ।

चिनी 

 

यस दिन चिनीले बनेका चीजहरूलाई पनि अशुभ मानिन्छ। चिनीका चीजहरू लामो समयको लागि सुरक्षित र स्थिर हुँदैनन्, त्यसैले तिनीहरूले घरमा बरकतलाई कम गर्दछन्।

सिसा 

 

धनतेरसको शुभ अवसरमा गिलास वा सिसाबाट बनेको कुनै पनि चीज किन्नुहुन्न, किनकि गिलास पनि राहुसँग सम्बन्धित छ जसले घरको शुभतालाई कम गर्दछ।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल: नोभेम्बर महिनाको पहिलो हप्ता यी राशिलाई हुनेछ फलिफाप नै फलिफाप !