यी ५ राशिका जातक हुन्छन् सबैभन्दा खतरनाक, सावधान रहनुस् यिनीहरुबाट

काठमाडौँ : ज्योतिष शास्त्रमा १२ राशि हुन्छन्। प्रत्येक राशिका आफ्नै एक ग्रह हुन्छ। जस्तै मेष र वृश्चिक राशिको मङ्गल, वृष र तुलाको शुक्र, कर्कटको चन्द्र, मिथुन र कन्याको बुध, कुम्भ र मकरको शनि, सिंहको सूर्य, धनु र मीनको बृहस्पति। प्रचलित मान्यता अनुसार ५ राशीलाई सबैभन्दा खतरनाक मानिन्छ। यद्यपि यिनीहरु अरु कसैलाई खतरा साबित हुँदैनन्, परन्तु यिनीहरु कैयौँपटक आफ्नै लागि घातक बन्न सक्छन्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

यस राशिको स्वामी ग्रह मङ्गल हो। यो अग्नि तत्व राशि हो। यदि मङ्गल खराब छ या पत्रिका मांगलिक छ भने यस्ता व्यक्ति क्रोधी हुन्छन्, परन्तु यिनीहरु अत्यन्तै तेज दिमागका पनि हुन्छन्। यिनीहरु जीवनमा हरेक खाले जोखिम उठाउन तयार हुन्छन्। यिनीहरु साथीहरुबीच आफ्नो साथीको भूमिका राम्ररी निभाउँछन् भने दुश्मनलाई दुश्मनी पनि राम्ररी निभाउँछन्। यिनीहरु कुनै पनि हदसम्म जान सक्छन्। यिनीहरु कसैलाई धोका दिन सक्दैनन्। परन्तु धोका खाइसकेपछि यिनीहरुबाट बच्न गाह्रो हुन्छ। यिनीहरु अत्यन्तै महत्वकांक्षी हुन्छन्। मङ्गल राम्रो छ भने यिनीहरु राजनीति, सेना या प्रहरीको उच्च पदमा आसिन हुन्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यस राशिको स्वामी सूर्य हो। यो अग्नि तत्व राशि हो। यिनीहरु अत्यन्तै रिसालु हुन्छन् र आफ्नो मनलाग्दी गर्छन्। यद्यपि यिनीहरु समझदार पनि हुन्छन्। यिनीहरु सच्चा र ईमान्दार हुनुको साथै आफूले बनाएका सिद्दान्तमा चल्छन्। सूर्य राम्रो छ भने यिनीहरु शासन प्रशासनको उच्चपदमा हुन्छन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – 

यस राशिको स्वामी ग्रह मङ्गल हो। यो राशि जल तत्व प्रधान हुन्छ। यिनीहरु बदला लिनमा एकदमै माहिर हुन्छन्। यिनीहरु मनको साँचो र रचनात्मक हुन्छन्। यिनीहरु मित्रता राम्रोसँग निभाउँछन्। मङ्गल राम्रो छ भने यिनीहरु चर्चित एवं सफल कलाकार, साहित्यकार, नेता, शासक तथा उच्च पदाधिकारी हुन्छन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – 

यस राशिको स्वामी ग्रह शनि हो। यो राशि वायु तत्व प्रधान हुन्छ। यस राशिका जातकलाई आफ्नो विचारमा स्थिर रहन कठिनाई हुन्छ। यिनीहरु अत्यन्तै महत्वकांक्षी र अपत्यारिला हुन्छन्। यिनीहरु न्यायप्रेमी हुन्छन्।यिनीहरुका व्यक्तित्व रहस्यमयी हुन्छ। हेर्दा शान्त तर भित्रभित्रै आगो जलिरहेको हुन्छ। यिनीहरु आफ्नो भावना लुकाउनमा माहिर हुन्छन्। शनि राम्रो छ भने यिनीहरु नेतृत्वकर्ता, राजनेता, सैन्य अधिकारी, प्रोफेसर र शोधकर्ता हुन्छन्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

पृथ्वी तत्व प्रधान मकर राशिको स्वामी शनि हो। मकर राशिका मानिस रिसमा आफ्नो होश गुमाउँछन्। यद्यपि यिनीहरु अत्यन्तै जिम्मेवार र नेतृत्व क्षमता वाला हुन्छन्। यिनीहरु मेहनती र समझदार हुन्छन्। शनि राम्रो छ भने यिनीहरु राजनेता, उच्च व्यापारी, अधिकारी, प्रबन्धक र विचारक हुन्छन्।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कार्तिक १४ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !