आज कात्तिक १३ गते देखि भाईटिकासम्म तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

साताको राशिफल – कात्तिक १३ देखि १९ गतेसम्म

साताका चाड : – १५ गते रमा एकादशी व्रत, गोवत्स द्वादशी । १६ गते प्रदोष व्रत, यम द्वीप दान, धन तेरस, धन्वन्तरी जयन्ती । १७ गते काग तिहार, (स्वन्ती चह्रे पूजा), नरक चतुर्दशी, कुकुर तिहार । १८ गते लक्ष्मी पूजा, दीपावली, सुखरात्रि, दर्श श्राद्ध । १९ गते गोवद्र्धन पूजा, गाई गोरु तिहार, ने. सं. ११४२ सुरु, (म्ह पूजा) । २० गते भाइटीका।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सुरुमा बाधा आउँछन् तर अलिकति परिश्रम थपेमा गरेका काम बन्नेछन् । व्यापारको क्षेत्रमा राम्रै प्रगति देखिन्छ । वादविवाद पर्दा तपाईंकै विजय होला । मित्रवर्गबाट गतिलै सहयोग पाइने सम्भावना छ । जागिरतिर हानि हुने स्थिति छैन ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

स्वास्थ्यसम्बन्धी समस्या सुरुमा परेर लक्ष्य पूरा गर्न केही बाधा होला कि जस्तो छ तर त्यो बाधालाई निर्मूल पार्न सक्ने ग्रहस्थिति पनि छ । परिवारबाट त्यति ठूलो मद्दतको आस नगर्नुहोस् । आफ्नै परिश्रम र बुद्धिले सबै काम भ्याउनु पर्नेछ । नारायणको दर्शन गरेमा निकै कल्याण होला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

खर्च गरेपछि मात्रै काम बन्नेछन् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । मुखबाट वाणी निकाल्दा अत्यन्त संयमित हुनुहोस् नत्र हिजोसम्मका मित्रसमेत तपाईंको विपक्षमा जान सक्छन् । बगलामुखीको आराधनाले ती बाधा हट्न सक्छन् ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो(Cancer) : – 

खर्च भई नै रहला । त्यसलाई नियन्त्रण गर्न गाह्रो छ तर राम्रो काममा नै खर्च गर्नुपर्नाले मनमा खिन्नता भने हुने छैन । परिवारको आवश्यकता पूरा गर्नसमेत अत्यधिक खर्च होला । स्वास्थ्यसम्बन्धी समस्या आउनसक्ने भएकाले भगवतीको दर्शन गर्नुहोस् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साता राम्रै खालको छ । सुरुमा इष्टमित्रसँग भेटघाट हुने र भोजभतेरमा समेत सम्मिलित हुने अवसर मिल्नेछ । परम्परालाई धान्न पनि खर्च गर्नुपर्ने बाध्यता भने परिरहला । व्यक्तित्वको राम्रो विकास हुनेछ । शैक्षिक खाले काममा भने हाल विश्रामको चिह्न नै लागेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

खर्च बढी गरिएला । राम्रो काममा नै खर्चको स्रोत जाने छ । व्यावसायिक कामबाट त्यसलाई परिपूर्ति गर्न सकिने देखिन्छ । जागिरको मात्रै भरले आवश्यकता पूरा होलाजस्तो छैन । पीपलमा जल चढाइरहनुहोस् र बगलामुखीको दर्शन गर्न पनि नछोड्नुहोस् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

ससानो कुराले पनि मनमा डर लाग्ला । त्यसैले ठूला खाले निर्णय गर्न विलम्ब हुनेछ । जागिरको काममा अलिकति बाधा तेर्सिन सक्छ । शनिश्चरको आराधना गरे मात्र त्यसलाई हटाउन सकिएला । पेटमा गडबढी भई नै रहला । आर्थिक स्थिति भने त्यति नराम्रो खालको छैन ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

खर्च घटाउन नसकिए पनि सातालाई नराम्रो भन्न मिल्दैन । गरेका र अाँटेका धेरै काम बन्नेछन् । नयाँ खालको ज्ञान प्राप्ति हुनेसमेत सम्भावना छ । जागिरबाट नै राम्रो भरोसा मिल्न सक्ला । वैदेशिक व्यापारबाट विशेष लाभ लिन सकिएला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सुरुमा काम बिग्रेला कि भन्ने डर लाग्ला तर त्यस्तो हुने छैन । अलिकति मात्र परिश्रम बढाएमा अल् ́न लागेको काम पनि बन्ने छ । बौद्धिक स्थिति राम्रो खालको रहला । गर्जो टर्ने खालको आम्दानी भई नै रहनेछ । शिक्षाको क्षेत्रमा तपाईंले गरेको लगानीले राम्रै फल दिनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

१७ गतेसम्मका दिन त्यति राम्रा छैनन् । गरेका काममा बाधा आउनुका साथै मनमा खिन्नता भइरहला । सानोतिनो चोटपटकसमेत लाग्न सक्छ । परिवारका लागि खर्च बढ्ला । १८ र १९ गते भने राम्रा खालका छन् । पीपलमा नित्य जल दान गर्नाले समस्या टार्न मद्दत हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आधा काम बन्ला भने आधा बाँकी नै रहला । बाधा दिने तìवहरू बिस्तारै पन्छन लागेका छन् तर अलिकति तुस भने बाँकी नै छ । गणेशको आराधनाले मात्र त्यसलाई समाप्त गर्न सकिएला । हाललाई सबैभन्दा राम्रो ग्रह बुध भएकोले केही फाइदा हुने कामसमेत हातमा पर्न सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आर्थिक स्थिति मध्यम खालको मात्र रहला । सोचेको जति फाइदा पाउन गाह्रो छ । बरु परिश्रमलाई अध्ययनको क्षेत्रमा लगाउनुभयो भने केही नयाँ खालको ज्ञानसमेत प्राप्त गर्नुहुनेछ । स्वास्थ्य मध्यम छ । नित्य गणेशको दर्शन र आराधना गर्नुहोस्, त्यसैले तपाईंलाई धेरै टेवा दिनेछ ।

-ज्योतिषाचार्य दामोदरनाथ लोहनी

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका जातक हुन्छन् सबैभन्दा खतरनाक, सावधान रहनुस् यिनीहरुबाट