घरमा शङ्ख राख्नुका धेरै फाइदा हुन्छन् । यसले वास्तु दोष हटाउँछ र धेरै रोगबाट पनि मुक्ति मिल्छ।
हिन्दु धर्म अनुसार पूजाको समयमा शङ्खको धरै महत्त्व हुने गर्दछ । धेरै घरहरूमा पूजापछि दैनिक शङ्ख बजाइन्छ। शङ्ख बजाउँदा सम्पूर्ण वातावरणमा सकारात्मकता ल्याउँछ। तर कमैलाई मात्र थाहा छ की घर मा सङ्ख राख्दा र बजाउँदा कति धरै फाइदा हुन्छ ।
जुन पूजासँग मात्र नभई हाम्रो स्वास्थ्य र धनसँग पनि सम्बन्धित छ। कतिपय फाइदाहरू पनि चमत्कारी हुन्छन्। समुन्द्र मन्थनबाट निस्केको शङ्खलाई घरमा राख्नाले कति फाइदा हुन्छ जानौँ ।
– शङ्ख यस्तो चिज हो जसलाई भगवान् विष्णु र माता लक्ष्मी दुवैले धारण गर्नुहुन्छ । जुन घरमा सङ्ख हुन्छ, त्यहाँ यी दुवै देवताको कृपा बास हुन्छ।
– जीवनमा धन प्राप्त गर्नको लागी सङ्ख धरै उपयोगी हुन्छ । किनकि सङ्ख माता लक्ष्मीको प्रिय वस्तु हो । साथै शुक्रबार लक्ष्मीजीको पूजा गरी सङ्ख बजाउँदा घरमा सुख-समृद्धि आउने मान्यता रहेको छ ।
– शङ्खमा जल भरेर लक्ष्मी र शिवलिङ्गलाई अभिषेक गर्नाले मन प्रसन्न रहन्छ र सबै मनोकामना पूरा हुन्छ।
– घर तथा परिवारबाट नकारात्मकता हटाउन शङ्खमा पानी भरेर घरमा छर्कदा राम्रो हुने मान्यता रहेको छ ।
– वास्तु दोष भएका घरहरूमा दैनिक शङ्ख बजाउनाले वास्तु दोष नष्ट भएर घरमा सुख समृद्धि आउने मान्यता रहेको छ ।