महानायकको विषयमा करिश्माले भनिन्, हामी सामाजिक प्राणी हौँ मिलेर बसौँ !

पछिल्लो समयमा महानायकको विषयमा निकै चर्चा बढेको छ यसै क्रममा अभिनेता राजेश हमाल र नायिका करिश्मा मानन्धरले महानायक र महानायिकाको उपाधि प्राप्त गरेका छन् ।

पछिल्लो समयमा दुई अभिनेताले महानायकको विषयमा उठाएको कुराले निकै विवाद भएको छ । केही समय पहिले एक फिल्मको गीतको रिलिज कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले बोलेका शब्दका कारण निकै विवाद भएको छ । त्यसै क्रममा शिव श्रेष्ठ र भुवन केसीले एक अर्कोलाई महानायक भएका थिए । त्यस्तै शिव श्रेष्ठले भुवन केसी नभएको भए आज भन्दा केही वर्ष पहिले नै नेपाली सिनेमा क्षेत्र ठप्प हुने धारणा राखेका थिए ।


बुधवार साँझ आयोजित अन्तराष्ट्रिय कलाकार समाजको महाधिवेशनमा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर र गौरी मल्ल एकसाथ देखिएका थिए । त्यस क्रममा अभिनेत्री करिश्मा मानन्धरलाई मिडिया कर्मीले महानायकको विषयमा प्रश्न गर्दा अभिनेत्रीले भनिन् ।

‘हामी सामाजिक प्राणी हौ, कसैसँग पनि नकारात्मक भावना राख्नु हुँदैन चाहे त्यो शत्रु होस् यस मित्र, एक कलाकारले अर्को कलाकारको सम्मान गर्नु पर्छ । हामी कलाकार एक परिवार हौँ, हामीमा कहिले काही मन मुटाव हुन् सक्छ तर त्यसलाई बदलाको भावनामा नलिउ ।’

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर किन सलमान खानले रवीना टण्डनसँग काम नगर्ने वाचा गरेका थिए ?