शनिबार ग्रहचक्रमा ठुलो परिवर्तन आउँदै, यी ३ राशि रहनुहोस् सावधान!

एजेन्सी – ज्योतिष शास्त्र अनुसार शुक्र ग्रह वैवाहिक जीवन, प्रेम, सौंदर्य, भौतिक सुख-सुविधाको कारक ग्रह हो। जुन राशिमा शुक्रको बलियो उपस्थित हुन्छ सो राशि हुनेहरुको जीवनमा प्रेमको कमी हुँदैन, न त ऐश-आरामकै कमि हुन्छ। यहि सुख शान्तिको ग्रहले कार्तिक १३ गते शनिबार शुक्रले राशि परिवर्तन गर्दैछ। कार्तिक १३ गते कार्तिक कृष्णपक्ष नवमीका दिन शुक्र ग्रह वृश्चिक राशिबाट धनुमा प्रवेश गर्न लागेको हो।

शुक्रले वृश्चिक राशि छाडेर धनु राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। त्यस राशि परिवर्तनले केहि राशिको जिवनमा शुभ फल दिनेछ भने केहि राशिको जीवनमा अशुभ। शुक्रको राशि परिवर्तनले सबै भन्दा बढी कुन-कुन राशिमा नकारात्मक प्रभाव पार्ला ? हेर्नुहोस्

कर्कट राशि

शुक्रको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि खासै राम्रो रहने देखिँदैन। शुक्रले राशि परिवर्तन गरेसँगै वैवाहिक जीवनमा समस्या पैदा हुनेछन् भने परिवारमा पनि कलह बढ्न सक्ने देखिन्छ। शत्रु खोज्न अन्त कतै जानुपर्ने छैन। आफ्नाहरु नै शत्रु निस्किनेछन्। गोपनियता बाहिरिन सक्ने हुँदा सतर्क रहनु होला। बोलिका कारण महत्वपूर्ण कार्य बिग्रिन सक्ने देखिन्छ। खर्च बढ्दा आर्थिक समस्या रहन सक्ला। स्वास्थ्यमा पनि शुक्रको नकारात्मक प्रभाव रहनेछ।

कन्या राशि

शुक्रको राशि परिवर्तनले कन्या राशि हुनेहरुलाई लाभ भन्दा पनि हानि पुर्याउनेछ। आर्थिक रुपमा शुक्रले खासै नारात्मक प्रभाव नपारेपनि व्यक्तिगत जीवनमा भने शुक्रको नकारात्मक प्रभाव रहनेछ। घरपरिवारमा मात्र नभई प्रेमि-प्रेमिकासँगको सम्बन्धमा पनि दरार आउनेछ। मित्रजनसँगको सम्बन्ध पनि बिग्रिन सक्ला। मिहिनेत अनुसारको फल नमिल्दा मन विचल्लित रहनेछ। सके सम्म यात्रा पनि नगरेकै राम्रो होला। अरूका लागि धन र समय खर्च हुन सक्ने हुँदा त्यसतर्फ ध्यान दिनु होला।

मकर राशि

शुक्रको राशि परिवर्तनले निर्णय क्षमतामा ह्रास ल्याउनेछ। निर्णय गर्ने समयमा हड्बडाउँदा महत्वपूर्ण कार्य हातबाट फुत्किनेछ। बोलि तथा व्यवहारमा नियन्त्रण नहुँदा राम्रा सम्बन्धहरु पनि बिग्रिनेछन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्लान्। कामको मेसो नमिल्दा समस्या नै समस्या पैदा हुनेछन्। सके सम्म कुनै पनि जिम्मेवारी पूरा गर्ने विषयमा अरुको भर नपर्दा नै राम्रो होला। प्रेम जीवन पनि खासै राम्रो रहने देखिँदैन। यात्रा देखि पनि टाढा रहनु उचित हुनेछ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१९:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्र ग्रह धनु राशिमा प्रवेश, कुन राशिलाई शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् !