कात्तिक महिनाको राशिफल : अनायासै नसोचेका झै-झमेला आइपर्ने छन् यी राशिका जीवनमा, सजग रहनुस्

२०७८ साल कात्तिक महिनाको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आकस्मिक यात्राको योग छ । कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी गराउने छ । गर्न आँटेका काममा सामान्य बाधाअड्चन आइपर्ने छन् । अनावश्यक खर्चको मात्रा बढेर जाला । शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाने देखिन्छ । महिनाको पूर्वार्धमा हर्ष आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तरार्धमा व्यर्थको विवादमा पार्ने सम्भावना छ । अध्ययन अध्यापनमा सफलता मिल्ने छ । दाम्पत्य सम्बन्धमा के ही कटुताको अनुभव गराउने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । भाग्यले राम्रै साथ दिनाले गर्न आँटेका काम सफल हुने छन् । मनोरञ्जन एवं हर्ष आनन्द बढेर जाला । सन्तान एवं पारिवारिक सुख राम्रो हो ला । आम्दानीको स्रोत बढेर जानाले आर्थिक पक्ष बलियो हुने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ । आफन्त एवं प्रियजनसँगको भेटघाटका साथै विविध वस्त्रादि उपहार समेत प्राप्त हुने छन् । पढाइमा भने सामान्य बाधाअड्चन आइपर्ने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मानसिक दुविधा बढेर जाने छन् । आर्थिक पक्षका काम सन्तोषजनक रहने छन् । यात्रा एवं मनोरञ्जनका क्षेत्रमा खर्चको मात्रा बढेर जाने छ । पारिवारिक सुखसन्तोष अनुकूल रहने छ । महिनाको पूर्वार्धमा प्रियजन भेट, पारिवारिक सुख एवं मनोरञ्जनका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । पठनपाठनमा राम्रो सफलताको योग छ । महिनाको उत्तरार्धमा सामान्य विवादमा पार्न सक्ने योग रहेकाले बोलीचालीमा होस् पु¥याउनुपर्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो(Cancer) : – 

उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य प्रगति गराउने छ । आर्थिक कारोबारमा महìवपूर्ण सफलता हात पर्ने छ । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा ख्याल पु¥याउनुपर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । नयाँ कामको थालनी गर्नका लागि महिना उपयुक्त छैन । बोलीसम्बन्धी सामान्य दोष समेत लाग्न सक्ने योग छ । पारिवारिक स्वास्थ्यका साथै घरायसी खर्चको मात्रा समेत बढेर जाने छ । महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

चौतर्फी सफलताको महिना छ । मनले सोचेका योजना सम्पन्न हुने छन् । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । नोकरी तथा कार्य क्षेत्रमा पदोन्नतिको सम्भावना छ । विवादमा विजयी हुनुका साथै मानसिक प्रसन्नता बढेर जाला । रमाइलो ठाउँको यात्रा भ्रमणको अवसर मिल्ने छ । आर्थिक दृष्टिकोणले महिना फलदायी रहने छ । मनोरञ्जनका अवसरहरू प्रशस्त मिल्ने छन् । मायाप्रीतिमा मन रमाउने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मध्यम फलदायी महिना छ । लेनदेन तथा लगानीसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । पारिवारिक खर्चको मात्रा बढेर जाला । अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ । महिनाको पूर्वार्धमा व्यर्थको विवाद, अनावश्यक खर्चका साथै आँटे को काममा बाधाअड्चनको सामना समेत गर्नुपर्ने छ । महिनाको उत्तरार्धमा आर्थिक क्षेत्रमा सुधार हुँदै जानुका साथै मानसिक प्रसन्नता एवं शारीरिक आरोग्यता अनुकूल रहने छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

अनायासै नसोचेका झै-झमेला आइपर्ने छन् । आँटेका काममा सामान्य बाधाअड्चन आइपर्नाले दिक्दारी गराउला । अनावश्यक खर्चको मात्रा बढेर जानेछ । आकस्मिक यात्राको सम्भावना छ ।शारीरीक परिश्रम केही ज्यादा गर्नुपर्नाले सामान्य अस्वस्थता समेत गराउने देखिन्छ । काममा रिस गर्नेहरू देखिनेछन् । अध्ययन अध्यापनमा अभिरुचि बढेर जाने छ । धार्मिक तथा सामाजिक काममा समेत मन लाग्ने छ । महिनाको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जाने छन् ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विशेष ख्याल पु¥याउनुपर्ने छ । कार्यव्यस्तता बढेर जाने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जाने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । नयाँ ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा खर्च बढ्ने तथा स्थान परिवर्तनको सम्भावना छ । नयाँ ठाउँको भ्रमणका साथै साथीभाइसँग रमाइलो भेटघाटको अवसर जुट्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सफलताको महिना छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । आर्थिक कारोबारमा राम्रो सफलता मिल्ने योग छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । घर परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना छ । रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसर प्रशस्त मिल्ने छन् । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थता एवं खर्च बढ्ने देखिन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शारीरीक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला । मनले सोचेका योजना साकार हुनेछन् । पठनपाठनमा सामान्य बाधा अड्चन आइपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थताका साथै पारिवारिक चिन्ताले पिरोल्ने देखिन्छ । उत्तरार्धमा रोकिएका काम बन्ने , आम्दानी बढेर जाने , मान-सम्मान मिल्नुका साथै मनोरञ्जन एवं हर्ष आनन्दका अवसर मिल्ने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

व्यर्थको दौडधूपका साथै कार्यव्यस्तता बढेर जाने छ । सोचेका योजनामा ढिलासुस्ती गराउने छ । घरायसी खर्चको मात्रा बढेर जाला । सामान्य शारीरिक अस्वस्थताको योग छ । दाम्पत्य सम्बन्धमा कटुताको अनुभूति हुन सक्ने छ । पठनपाठनमा मन्द प्रगति भएर जाने छ । महिनाको उत्तरार्धमा आर्थिक कारोबारमा सफलता मिल्नुका साथै रोकिएका काम क्रमशः बन्दै जाने छन् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । सामान्य अस्वस्थताका साथै घरायसी खर्च बढेर जाने छ । धार्मिक एवं सामाजिक क्षेत्रमा अभिरुचि लाग्ने छ । आर्थिक क्षेत्रका काममा मध्यम सफलता मिल्ने छ । दाम्पत्य सुखसम्बन्धमा मधुरताको आभास गराउला । भूमि एवं वाहन आदि विषय लाभदायी हुन सक्ने छन् । महिनाको उत्तरार्धमा प्रतिस्पर्धामा विजय, काममा सफलता एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१०:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कार्तिक १२ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !